श्रावण ३, २०८२ शनिबार July 19, 2025

अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा मौरिसको सालिक

‘आइसएक्स’लाई एक वर्षका लागि पर्वतीय सङ्ग्रहालयको प्रदर्शनीकक्षमा राखिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, २३ जेठः सन् १९५० जुन ३ मा अन्नपूर्ण (प्रथम) हिमालको कीर्तिमान आरोहण गर्नुभएका फ्रान्सका मौरिस हर्जोगको पोखरास्थित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय परिसरमा सालिक स्थापना गरिएको छ । हिमाल आरोहणमा इतिहास कायम भएको ७५ वर्ष पूरा भएको अवसरमा हर्जोगसहित आरोहण दलका मुख्य सहयोगी आङ थार्के शेर्पा र वालुङ सोनाम शेर्पाको सालिक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र फ्रोन्सेली राजदूत भर्जिनी कोर्टेभलले अनावरण गर्नुभएको हो ।

आठ हजार मिटरभन्दा अग्ला हिमालमा पहिलोपटक मानव पाइला परेको दिन सन् १९५० जुन ३ लाई अन्नपूर्ण आरोहण दिवसका रूपमा बर्सेनि मनाउने गरिन्छ । यस वर्ष अन्नपूर्ण हीरक महोत्सवका अवसरमा आयोजित उक्त दिवसमा सङ्ग्रहालयमा हर्जोगको सालिक स्थापना गरिएको हो ।

कार्यक्रममा पर्यटनमन्त्री पाण्डेले विश्वको पर्वतारोहण इतिहासमा अन्नपूर्ण आरोहणको महत्त्पूर्ण स्थान रहेको बताउनुभयो । “अन्नपूर्ण हिमाल आरोहण मानव जातिको इतिहासमा नौलो घटना थियो, जसले नेपालको गौरवलाई विश्वव्यापी बनायो”, उहाँले भन्नुभयो, “नेपाललाई चिनाउने बुद्ध, बेद र हिमालले हो, हाम्रो देश हिमालहरूको तीर्थस्थल हो ।”

सन् १९५० जुन ३ अर्थात् २००७ साल जेठ २१ मा फ्रान्सका हर्जोग र लुइस लचेनले विश्वको दसौँ अग्लो अन्नपूर्ण (प्रथम) हिमाल चढेका थिए । त्यसको तीन वर्षपछि मात्र विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला परेको थियो ।

अन्नपूर्ण हिमालको आरोहणको दुई वर्षपछि हर्जोगले लेखेको पुस्तक ‘अन्नपूर्ण’ले नेपालको चिनारी विश्वमाझ फैलिएको थियो । हर्जोगको स्मृतिमा सङ्ग्रहालयमा ‘क्लाइम्बिङवाल’ बनाउने योजना रहेको सङ्ग्रहालय सञ्चालक नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानिरु शेर्पाले बताउनुभयो ।

उक्त अवसरमा अन्नपूर्ण हिमाल आरोहणका क्रममा हर्जोगले प्रयोग गरेको ‘आइसएक्स’ सङ्ग्रहालयलाई प्रदान गरिएको थियो । हर्जोगका छोरा म्याथियससहित परिवारका सदस्यले उक्त आरोहण सामग्री सङ्घका अध्यक्ष शेर्पालाई हस्तान्तरण गर्नुभएको थियो ।

स्वीजरल्याण्डको ओलम्पिक म्युजियममा रहेको उक्त ‘आइसएक्स’लाई एक वर्षका लागि पर्वतीय सङ्ग्रहालयको प्रदर्शनीकक्षमा राखिने छ । म्याथियसले सङ्ग्रहालयलाई प्रदान गरेको ‘आइसएक्स’ एक वर्षपछि पुनः ओलम्पिक म्युजिममा पठाइने सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार