श्रावण ३, २०८२ शनिबार July 19, 2025

श्रम मन्त्री भण्डारी जेनेभा प्रस्थान

जारी सेसनहरुमा मन्त्रालयका तर्फबाट सचिव डा. कृष्णहरि पुष्करले सहभागिता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २३ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी ११३ औं अन्तराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन जेनेभा प्रस्थान गरेका छन् ।

शुक्रवार साँझ नेपाली टोलीको नेतृत्व गर्दै मन्त्री भण्डारी अन्तराष्ट्रिय श्रम संगठनद्धारा आयोजित ११३ औं अन्तराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन त्यस तर्फ प्रस्थान गरेका हुन । जेठको १९ गतेदेखि ३० गते सम्म जेनेभामा ११३ औं अन्तराष्ट्रिय श्रम सम्मेलन सन्चालन भई रहेको छ ।

यसअघिका जारी सेसनहरुमा मन्त्रालयका तर्फबाट सचिव डा. कृष्णहरि पुष्करले सहभागिता जनाई रहेका छन ।

यस अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा मन्त्री भण्डारीले प्लेनरी सत्रमा सम्बोधनका क्रममा अनौपचारिक श्रमलाई औपचारिकीकरण,  सामाजिक न्याय प्रवद्र्धन, मर्यादित रोजगारी, नेपालको दस बर्षे आन्तरिक रोजगारीको योजना साथै मुलुकको दीर्घकालीन लक्ष्य र प्राथमिकताका बिषयहरुलाई प्रस्तुत गर्ने छन् ।

सचिवालयले जनाइए अनुसार मन्त्री भण्डारीले जेठको २६ गते प्लेनरी सेसनलाई विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सोही दिन अन्तराष्ट्रिय श्रम संगठनका महानिर्देशक गिल्बल्र्ट एफ. हाउङवो  र मन्त्री भण्डारीबीच द्धिपक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, साउदी अरेबियाको अन्तर्राष्ट्रिय मामिला उपमन्त्री डा. तारिक अल हमदसँग नेपाल र साउदी अरबको श्रमसम्बन्धी बिषयमा द्धिपक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ ।

मन्त्री भण्डारीले साइडलाइन छलफलको क्रममा अन्तराष्ट्रिय श्रम संगठनका सहायक महानिर्देशक सुश्री मिया सेप्पोसँग पनि सामाजिक सुरक्षाको बिषयमा छलफल गर्ने समय तय भएको बताइएको छ ।

त्यसैगरी, स्विस श्रम निर्देशनालयका प्रमुख, आर्थिक मामिलाका लागि राज्य सचिवालय (सेको) जेरोम कोसान्डेसँग मन्त्री भण्डारीले द्धिपक्षीय छलफल गर्ने कार्यक्रम तय भएको छ ।

मन्त्री भण्डारीले जेठको २७ गते मलेसियाका मानव संसाधन मन्त्रीसँग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको छ भने, अन्तर्राष्ट्रिय आप्रवासन संगठनका महानिर्देशक सुश्री एमी पोपसँग पनि आप्रवासनको विषयमा द्धिपक्षीय छलफल हुने निजी सचिवालयले बताएका छन् ।

त्यस्तै, मन्त्री भण्डारीले जेठ २८ गते जर्मनको बर्लिनमा हुने बालश्रम विरुद्धको विश्व दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

उनले जेठ २९ मा हुने सामाजिक न्याय सम्बन्धी विश्वव्यापी गठबन्धनको मन्च कार्यक्रममा सहभागी हुने र विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

जेठ, ३० गते सभाको प्लेनरी सेसनको समापन सत्रमा सहभागी भई मन्त्रीको भ्रमण टोली स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार