श्रावण ३, २०८२ शनिबार July 19, 2025

सशस्त्र प्रहरीद्वारा १५ लाख बराबरको अबैध कपडा बरामद

डिआईजी ढकाल मधेश प्रदेश सशस्त्र प्रहरी प्रमुखको रूपमा हाजिर भएदेखि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा सक्रियता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम, २३ जेठ। धनुषा जिल्लाको धनौजी गाउँपालिका–१ लखौरी सीमा इलाका नजिकै सशस्त्र प्रहरी बल नेपाल र भन्सार कार्यालय जनकपुरको सन्युक्त टोलिले ठूलो परिमाणमा अवैध कपडा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासको विशेष सूचनाको आधारमा भारतबाट भन्सार छली ल्याउँदै गरेको १५ लाख बराबरको कपडा संयुक टोलीले बरामद गरेको हो। बरामद कपडा आवशयक कारवाहीको लागि शुक्रवार जनकपुर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल मधेश प्रदेशको प्रमुख डिआईजी कृष्ण ढकालले सशस्त्र प्रहरी बललाई सीमाक्षेत्रमा सक्रिय भएर तस्करी नियन्त्रण गर्न कडा निर्देशन दिएका छन्।

डिआईजी ढकाल मधेश प्रदेश सशस्त्र प्रहरी प्रमुखको रूपमा हाजिर भएदेखि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा सक्रियता बढाएको छ । डिआईजी ढकालले राजश्व छली, तस्करी, अपराधिक क्रियाकलापहरु विरुद्ध शून्य सहनशीलताको नीति अपनाउन प्रदेशभरिका सशस्त्र प्रहरीलाई कडा निर्देशन दिएको न्युज कारखानालाई बताएका छन् ।

उनले आर्थिक, राजनीतिक ,सामाजिक कुनै किसिमको दबाब प्रभावमा नपरेर काम गर्न निर्देशन दिएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार