श्रावण ३, २०८२ शनिबार July 19, 2025

लायन्स अन्तर्राष्ट्रिय निर्देशक इन्डोर्सीमा राजन लम्साल अत्याधिक मतले बिजयी

हङकङ्मा हुने लायन्स अन्तराष्ट्रिय सम्मेलनबाट औपचारिकता पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालले शनिवार काठमाडौंमा सम्पन्न ऐतिहासिक मल्टिपल कन्भेन्सनबाट लायन राजन लम्साल अत्याधिक मतसहित ‘आईडी इन्डोर्सी’ पदमा विजयी भएका छन् । कुल खसेको सदर मतमध्ये १३८७ मत प्राप्त गर्दै लम्सालले प्रतिस्पर्धी लायन खगेन्द्र सिटौलालाई ८५६ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। पराजित सिटौलाले ५३१ मत पाएका छन् ।

यस जितसँगै अब लायन राजन लम्साल २०२६ मा हङकङ्मा हुने लायन्स क्लब इन्टरनेशनलको विश्व सम्मेलनमा नेपालबाट इन्टरनेशनल डाइरेक्टर पदका लागि औपचारिक उम्मेदवार बन्नेछन्।

लायन्सको विगत तीन दशक लामो सफल यात्रा, समाजसेवामा समर्पित जीवनशैली र प्रेरणादायी नेतृत्वले लम्साललाई यस उच्चतम अवसरसम्म पुर्‍याएको हो। पूर्व डिष्ट्रिक्ट गभर्नर, पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन तथा हाल एलसीआईएफ एरिया लिडर रहेका लम्सालले नेपालभरिका १५ वटा डिष्ट्रिक्टका प्रतिनिधिहरूबाट व्यापक समर्थन पाएका थिए।

समाजसेवाको समर्पित यात्रा

स्याङ्जाको ग्रामीण पृष्ठभूमिबाट उदाएका लम्सालले १९९७ मा संखुवासभाको खाँदबारीस्थित लायन्स क्लबबाट औपचारिक लायन यात्रा सुरु गरेका थिए। नेतृत्व क्षमताका कारण सन् २०१०/११ मा उनी डिष्ट्रिक्ट ३२५ बी नेपालका गभर्नर बने। त्यसपछिका वर्षहरूमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका पदमा सक्रिय भई उनले लायन आन्दोलनलाई प्रभावकारी ढंगले अघि बढाए।

उनको नेतृत्वमा दृष्टिविहीनता निवारण, स्वास्थ्य शिविर, छात्रवृत्ति, पुस्तकालय, अस्पताल र खानेपानी योजनाजस्ता धेरै समाजोपयोगी कार्यक्रम सञ्चालन भएका छन्। कपिलवस्तुदेखि नवलपरासी, दाङ, रूपन्देही जस्ता जिल्लामा आफ्नै उपस्थितिमा मोतियाबिन्दु शल्यक्रिया कार्यक्रमहरू सञ्चालन गराएका छन्।

‘लायन्स मनराम प्रतिष्ठान’ र १३३ पुस्तकालय

लम्सालद्वारा स्थापित ‘लायन्स मनराम प्रतिष्ठान’ अन्तर्गत १३३ भन्दा बढी पुस्तकालय स्थापना भएका छन्। त्यस्तै, उनले ‘सहयोगी हातहरू’ नामक संस्थामार्फत् पूर्वाधार निर्माणदेखि शिक्षा र स्वास्थ्यसम्मको क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएका छन्।

नेतृत्व र प्रेरणाको उदाहरण

राजन लम्सालको जीवन राजनीतिक सचेतनादेखि संस्कृति संरक्षण, पेशागत सफलता र अन्तर्राष्ट्रिय अनुभवले भरिएको छ। उनीले सन् २००६ मा ट्युनिसियामा सम्पन्न वरिष्ठ लायन लिडरशिप इन्स्टिच्युट (SLLI) मा सहभागिता जनाइसकेका छन्। अमेरिका, फ्रान्स, जर्मनी, जापान, स्वीजरल्याण्ड, इटली लगायत २५ भन्दा बढी देश भ्रमण गरी उनले विभिन्न मुलुकका लायन परियोजनाको अध्ययन गरेका छन्।

लायन रामबहादुर श्रेष्ठको प्रेरणाले उनी सामाजिक सेवातर्फ आकर्षित भएका थिए। श्रेष्ठकै प्रेरणाले उनले ‘मनराम शिक्षाकोष’ स्थापना गरे, जसले हालसम्म सयौं विद्यार्थीलाई लाभ पुर्‍याएको छ।

जीवनसाथीको साथ, समाजसेवाको बलियो आधार

उनकी जीवनसाथी इन्दु लम्साल पनि लायन आन्दोलनमा अग्रणी छन्। उनी सन् २०१९–२० मा डिष्ट्रिक्ट गभर्नर भई नेपालकै पहिलो ‘एम्बेसडर अफ गुडविल’ अवार्ड प्राप्त गर्ने महिला मध्येकी हुन्। लम्साल दम्पती नेपालकै पहिलो पति–पत्नी डिष्ट्रिक्ट गभर्नर जोडीका रूपमा परिचित छन्।

भविष्यको संकेत

लायन राजन लम्सालको यो जित केवल व्यक्तिगत सफलता मात्र नभई, नेपाली लायन आन्दोलनको अन्तर्राष्ट्रिय पहिचानका लागि नयाँ ढोका खोल्ने अवसर पनि हो। बोस्टन सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय नेतृत्वमा पुग्ने सम्भावना बढेको छ।

लायन्स आन्दोलनमा आफ्नो कर्म, दूरदृष्टि र समर्पणमार्फत पहिचान बनाएका लायन राजन लम्साल अब ‘इन्टरनेशनल डाइरेक्टर’ बन्ने अन्तिम दौडतर्फ अघि बढिरहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार