श्रावण ३, २०८२ शनिबार July 19, 2025

प्रतिबन्धित लागुऔषधसहित पाँच जना पक्राउ

लागु औषधको कारोबार, बेचबिखन र ओसारपसार सूचनाको आधारमा समातिए ५ युवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, जेठ २५ गते । ताप्लेजुङमा प्रतिबन्धित लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । प्रहरीका अनुसार प्रतिबन्धित खैरो हिरोइन, ट्रामोडोल हाइड्रोक्लोरिक र डिसाइक्लोमिन एचसिआइ नामक लागुऔषधसहित पक्राउ परेका हुन् । पक्राउ पर्ने एक भारतीय नागरिक छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार लागुऔषधसहित पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका–६ पाथीभरा चोकका छन् । यस्तै, फुङ्लिङ नगरपालिका–९ हाङ्देवा घर भई हाल वडा ६ बस्ने २६ वर्षीय सुजन तामाङ र भारतको पश्चिम बङ्गालस्थित उत्तर जोते रामधान दार्जिलिङ बस्ने २३ वर्षीय निपेन वर्मन पक्राउ परेका प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आइपी लेखिएको ११६ पिस, डाइसाइक्लोमिन एचसिएल ट्याब्लेट ५९ पिस र ८.९० ग्राम खैरोहिरोइनसहित उनीहरू पक्राउ परेका हुन् । लागु औषधको कारोबार, बेचबिखन र ओसारपसार हुन्छ भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई लागुऔषध नियन्त्रण ऐन २०३३ तथा प्रचलित कानुनबमोजिम अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार