श्रावण ३, २०८२ शनिबार July 19, 2025

विद्यार्थी चढेको बस र यात्रुवाहक बस एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु, ३५ जना घाइते

घाइते ३५ जना मध्ये ९ जनाको थप उपचारका लागि नेपालगञ्ज रिफर २ जनाको स्थानीय अस्पतालमा उपचार हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, २५ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका-१३ बखरियास्थित तुलसीपुर–अमलिया सडकखण्डमा यात्रुवाहक बस र विद्यालयको बस एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

आइतबार बिहान करिब ११ बजेतिर गोल्टाकुरीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ४००९ नम्बरको यात्रुवाहक बस र तुलसीपुरबाट बखरिया गई विद्यार्थीहरूलाई छोडेर फर्किंदै गरेको रा १ क ८७० नम्बरको विद्यालय बस आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी दंगीशरण गाउँपालिका–२ निवासी ४२ वर्षीया शान्ता खड्का चौधरी र सोही उपमहानगरपालिका–४ निवासी ६० वर्षीया नारायण भण्डारीको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

दुर्घटनामा ३५ जना घाइते भएका छन् । तीमध्ये ९ जनाको थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ भने दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बाँकी २४ जनालाई प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको हो ।

दुर्घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार