श्रावण ३, २०८२ शनिबार July 19, 2025

मधेश प्रदेशमा बुधबार सार्वजनिक बिदा

२०८२ सालमा दिइने थप बिदामा कविरदास जयन्ती पनि समाबेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम । मधेश प्रदेश सरकारले कविरदास जयन्तीको अवसरमा पर्सि बुधबार सार्वजनिक बिदा दिएको छ ।

कविर दास जयन्ती यस वर्ष जेष्ठ २८ गते बुधवार परेको छ । जयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको सूचना गृह, सञ्चार तथा कानून मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका उपसचिव गणेश नायकले सूचना जारी गर्दै २०८२ सालमा दिइने थप बिदामा कविरदास जयन्ती पनि परेको र सो अवसरमा जेठ २८ गते मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया