काठमाडौं । माओवादि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणको छानविन समिति गठन गर्न सत्तापक्ष तयार भएको बताएका छन् ।
भिजिट भिसाको आवरणमा भहिरहेको मानव तस्करीको अध्ययन र छानविन समिति गठन गर्न सत्तापक्ष तयार भएको जिकिर गरे । यसपछि प्रतिपक्षी दलहरुबीच समेत सकारात्मक बातावरण बनेको दाहालले उल्लेख गरेका छन् ।
यहाँ एउटा गृहमन्त्रीको मात्रै कुरा छैन् । यो विगतदेखि नै अध्यागमनको समस्या अलि बढि बिकाराल नै देखिन्छ । सत्तापक्ष र प्रतिपक्षी सबै अलि गम्भीर भएर निकास दिनुपर्छ भन्दै माओवादि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया