असार २८, २०८२ शनिबार July 12, 2025

मुख्य सचेतक तथा प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख

सभामुखद्वारा प्रमुख सचेतकहरूसँग सिंहदरबारमा छलफलको तयारी, संसद्को अवरुद्ध कार्यसूचीबारे छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ०१ असार । सभामुख देवराज घिमिरेले संघीय संसद्को अवरुद्ध अवस्थालाई अन्त्य गर्न पहलस्वरूप प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई छलफलका लागि बोलाएका छन्।

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार आज (आइतबार) बिहान ९ बजे सिंहदरबारमा छलफलको बैठक तय गरिएको हो।

छलफलमा संसद्को हालको गतिरोध, बजेटमाथिको छलफल प्रभावित हुनु, तथा आगामी कार्यतालिकाको समायोजनजस्ता विषयमा विचार–विमर्श हुने जनाइएको छ।

यसअघि संसद् सचिवालयले जेठ २० गतेदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल प्रारम्भ गर्ने र जेठ २३ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिने कार्यतालिका सार्वजनिक गरेको थियो। तर, जेठ १३ गतेदेखि जारी संसद अवरोधका कारण सो कार्यतालिका प्रभावित भएको हो।

विपक्षी दलहरुले विभिन्न मुद्दा उठाउँदै संसद अवरुद्ध गरेपछि नियमित बैठक सञ्चालन हुन सकेको छैन। संसद् सचिवालयका अनुसार हालको अवरोधका कारण पुरानो कार्यतालिका प्रभावहीन बनेको हुँदा नयाँ कार्यतालिका निर्माणका लागि छलफल आवश्यक भएको हो।

छलफलबाट संसद सञ्चालनको मार्ग प्रशस्त हुने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार