माघ ९, २०८२ शुक्रबार January 23, 2026

भद्रगोल त्रिवि ठप्प : तीन पदाधिकारीको मूलगेटमा तालाबन्दी

फास्ट ट्रयाकको नाममा लिखित परीक्षा बिनानै १ सय ३० जना आफन्त नातागोतालाई बिना प्रतिस्पर्धा स्थायी नियुक्ति गर्न लागेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले फास्ट ट्रयाकमार्फत प्राध्यापक नियुक्ति गर्न लागेको विरोधमा आंशिक प्राध्यापक संघले उपकुलपति, रजिस्टार र रेक्टर कार्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्द भएपछि तीनजना पदाधिकारीले कहिले पुल्चोक त कहिले बल्खुमा कार्यालय बनाएका छन् । तालाबन्दीपछि त्रिविको आर्थिक, प्रशासनीय र प्राज्ञिक काम ठप्प भएको छ । संघले ५ सूत्रीय माग राखी तालाबन्दी गरेको हो ।

शुक्रवार दिउँसो संघले तीनैजना पदाधिकारी र सेवा आयोगको कार्यालयको मूल गेटमा मागपत्र टाँसेर तालाबन्दी गरेको हो । तालाबन्दीपछि सबै काम ठप्प भएको छ । संघले रेक्टर कार्यालयअन्तर्गत रहेको पाठ्यक्रम विकास केन्द्रमा भने ताला लगाएको छैन ।

संघले फास्ट ट्रयाकको नाममा लिखित परीक्षा बिनानै १ सय ३० जना आफन्त नातागोतालाई बिना प्रतिस्पर्धा स्थायी नियुक्ति गर्न लागेको आरोप लगाउँदै विज्ञापन तत्काल खारेज गर्नुपर्ने, सीमित संख्यामा गर्न लागेको विज्ञापन तत्काल रोकी नियमअनुसार रिक्त रहेका सम्पूर्ण दरबन्दी र त्रिविको नियमअनुसार आउने ६ महिनाभित्र सेवा निवृत हुने ५ हजार २ सय ३० जनाको एकैसाथ विज्ञापन गर्नुपर्ने, रिक्त दरबन्दी सबै विज्ञापन हुने सुनिश्चित नहुँदासम्म कुनै पनि विज्ञापन खोल्न नहुने र संघसँग गत वर्ष साउन १८ गते सहमति भई २० गते कार्यकारी परिषद्बाट कार्यान्वयन गर्ने निर्णय तत्काल लागू गर्न माग गर्दै तालाबन्दी गरेको हो ।

उपकुलपतिले कर्मचारी र शिक्षक संघ संगठनलाई कुनै जानकारी नै नदिई फास्ट ट्रयाकबाट स्थायी गर्न खोजेपछि चर्को विरोध शुरू भएको छ । पदाधिकारीको सो निर्णयको त्रिवि कर्मचारी संघले विरोध जनाएका हुन् । प्रचलित मान्यताविपरीत तथा सेवारत् प्राध्यापकहरूको वृत्ति विकासमा असर पर्ने गरी विज्ञापन प्रकाशित गरिएको भन्दै विश्वविद्यालयमा अध्यापनरत विभिन्न ६ प्राध्यापक संघ संगठनले आपत्ति जनाएका हुन् ।

उनीहरूले तीन महिने उपकुलपति प्राडा खड्ग केसीले मनोमानी निर्णय गरेको आरोप लगाएका छन् । नेपाल विद्यार्थी संघले उपकुलपति कार्यालयमा तोडफोड गरेपछि पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानबाट काम गरिरहेका उपकुलपति केसीले गरेको निर्णय तत्काल फिर्ता लिन चेतावनी दिएका छन् । त्रिवि प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष प्राडा जगत पोखरेलले त्रिवि कार्यकारी परिषद्ले गरेको निर्णय तत्काल फिर्ता लिन माग गर्दै निर्णय फिर्ता नगरे आन्दोलन गर्न बाध्य हुने चेतावनी दिनुभएको छ ।

त्रिवि सेवा आयोगले फास्ट ट्रयाकमार्फत १सय ३० जना प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक नियुक्तिका लागि विज्ञापन आह्वान गरेको छ । त्यसमा स्थायी प्रक्रिया तत्काल अघि नबढाउन ६ प्राध्यायापक संघसंगठनले चेतावनी दिएका छन् । त्रिवि सेवा आयोगले पहिलोपटक १० जना प्राध्यापक, २० जना सहप्राध्यापक र सयजना उपप्राध्यापक गरी १ सय ३० जना प्राध्यापक नियुक्त गर्ने तयारी गरेको छ ।

नियुक्ति लिखित परीक्षा नभई अन्तर्वार्ताको आधारमा गर्ने तयारी गरेको कारण आंशिक प्राध्यापकले पनि सोही बुँदाको विरोध जनाउँदै तालाबन्दी गरेका हुन् ।त्रिविमा चार वर्षयता प्राध्यापकहरूको आवधिक बढुवाको विज्ञापन भएको छैन । वर्तमान नेतृत्वले प्राकृतिक सिद्धान्तअनुरूप कार्य नगरी स्वार्थको घेराबन्दीभित्र रही मनोगत रूपमा दरबन्दी सिर्जना गरेको उनीहरूको आरोप छ ।

त्रिविका रिक्त दरबन्दीको पदपूर्ति निश्चित मापदण्ड, आधार र पिरामिड खुल्ने गरी प्राध्यापकको पदोन्नति एवम् स्थायी प्रक्रिया तत्काल अघि बढाउन माग गरेका छन् । ती संघ संगठनले स्वार्थको घेराबन्दीभित्र रहेर विज्ञापन खोलेको आरोप लगाएका छन् । ती संघ संगठनले त्रिविको गैर जिम्मेवार कदमप्रति निन्दा गर्दै तत्काल निर्णय फिर्ता लिन माग गरेका छन् । नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एउटै पालिकाबाट छ जना उम्मेदवार : महिला शून्य
२०८२ माघ ९, शुक्रबार
रास्वपा उम्मेदवार खेरललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन
२०८२ माघ ९, शुक्रबार
पोखरामा आजदेखि ‘टाइगर कप’ भलिबल प्रतियोगिता सुरु हुँदै
२०८२ माघ ९, शुक्रबार
राष्ट्र बैंकद्धारा आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ माघ ९, शुक्रबार
माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व मनाइँदै
२०८२ माघ ९, शुक्रबार
सरस्वती माताको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ माघ ९, शुक्रबार
निर्वाचन ४१ दिन बाँकी, उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने
२०८२ माघ ९, शुक्रबार