असार २८, २०८२ शनिबार July 12, 2025

चोरखोलाको पहिरोले राप्ती राजमार्ग अवरुद्ध

सडक अवरुद्ध भएपछि यात्रु बोक्ने तथा मालबाहक सवारीसाधन बीच बाटोमै अलपत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै पहिरो जाँदा राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। गएरातिदेखि परेको लगातार वर्षापछि आएको ठूलो पहिरोले कपुरकोट–दाङ सडकखण्डको चोरखोलामा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम बहादुर खत्रीका अनुसार, सडकमाथिबाट खसेको ठूलो पहिरोका कारण सडक खुलाउन समय लाग्ने देखिएको छ। प्रहरी तथा सडक डिभिजन कार्यालयको टोली पहिरो गएको स्थानमा गएराति नै पुगेर पहिरो हटाउने कार्यमा खटिएको बताइएको छ।

चोरखोलामा निरन्तर पहिरो जाने क्रम जारी रहेकाले यस खण्डमा बारम्बार राजमार्ग अवरुद्ध हुँदै आएको छ। सडक अवरुद्ध भएपछि यात्रु बोक्ने तथा मालबाहक सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार