असार २८, २०८२ शनिबार July 12, 2025

‘स्याङ्जामा नेतामाथि भएको आक्रमण आपत्तिजनक र निन्दनीय’ – रास्वपा

दोषीलाई तत्काल पक्राउ गरी कानूनअनुसारको कडा कारबाहीको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्याङ्जामा दुई केन्द्रीय नेतामाथि सोमबार दिउँसो भएको आक्रमणको निन्दा गरेको छ ।

रास्वपाले एक विज्ञप्ति जारी गर्दै उक्त आक्रमणको घोर निन्दा गरेको छ।

‘देशमा विद्यमान लुटतन्त्रको अन्त्य गर्न गरिएको अभियानप्रति देखिएको डरकै कारण यस्तो आपराधिक हमला गरिएको हो,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘रास्वपा यस्ता हिंसात्मक कार्यको कडा शब्दमा विरोध गर्दछ।’

रास्वपाले दोषीलाई तत्काल पक्राउ गरी कानूनअनुसारको कडा कारबाहीको माग गरेको छ। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झा अनुसार, “यस प्रकारको आक्रमणले हाम्रो सुशासन र लुटतन्त्रविरुद्धको अभियानलाई कतैबाट विचलित पार्दैन। यस अभियानमा हामी अझ सशक्त भएर अघि बढ्नेछौँ।”

आँधिखोला नदीमा भइरहेको चरम प्राकृतिक दोहन रोक्न तथा सम्भावित प्राकृतिक विपद् नियन्त्रणको माग राख्दै आवाज रास्वपा का दुई केन्द्रीय नेतामाथि आक्रमण भएको थियो ।

रास्वपाका केन्द्रीय सदस्य तथा अभियन्ता मेघ आले र केन्द्रीय नेतृत्व क्षमता विकास विभागका सदस्य दिनकर नेपालमाथि वालिङ नगरपालिका वडा नं. १० का नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड प्रहार गरी आक्रमण गरेको हो।

वडाध्यक्ष खनालले बाटोमै रोकेर दुर्व्यवहार गर्दै उनीहरूलाई रड प्रहार गरेका थिए। आक्रमणमा परेका दिनकर नेपाल गम्भीर घाइते भएका छन्।

उनले लगाएको हेलमेट फुटेको छ भने उनलाई बचाउने क्रममा दाहिने हातमा गम्भीर चोट लागेको, फ्याक्चरसमेत भएको र पोखरास्थित अस्पतालमा सिटि स्क्यानका लागि लैजाने क्रममा रहेको जानकारी प्राप्त भएको छ।

रास्वपाले घाइते नेताहरूको उपचारका लागि आवश्यक सबै जिम्मेवारी लिने जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार