श्रावण ३, २०८२ शनिबार July 19, 2025

दक्षिण सिरियामा भएको हिंसामा ६ सय जनाको ज्यान गएको तथ्याङ्क सार्वजनिक

ज्यान गुमाउनेमा १४६ लडाकू र ५४ सर्वसाधारण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दक्षिण सिरियामा भएको हिंसामा झन्डै ६ सय जनाको ज्यान गएको तथ्याङ्क सार्वजनिक भएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स एस.ओ.एच.आरले सार्वजनिक गरेको तथ्यांकमा सिरियाको सुवेदा प्रान्तमा भएको हिंसा चरम क्रूरता ले भरिएको र यस हिंसामा ड्रुज समुदायका मात्रै ३ सय भन्दा बढीले जनाले ज्यान गुमाएको उल्लेख गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ज्यान गुमाउनेमा १४६ लडाकू र ५४ सर्वसाधारण पनि छन् । यसबाहेक इजरायली हवाई आक्रमणमा १५ जना अन्य सरकारी कर्मचारी मारिएका छन् ।

इजरायली सेनाले गत बुधबार सिरियाली राजधानी दमास्कसमा रहेको रक्षा मन्त्रालय र दक्षिणी सिरियाको ड्रुज बहुल प्रान्तमा साम्प्रदायिक हिंसा जारी भड्केको थियो । सिरियाको ड्रुज प्रान्तमा लगातार चौथो दिन लडाइँ भएपछि इजरायलले आक्रमण गरेको हो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ड्रुजहरुको जीवन रक्षा गर्ने र सत्ताका ग्याङलाई त्यहाँबाट हटाउनका लागि आक्रमण गरेको स्पष्ट पारेका थिए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया