श्रावण ३, २०८२ शनिबार July 19, 2025

नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने

०८४ को निर्वाचनलाई लक्षित गरेर पार्टीको आन्तरिक संगठन सुदृढीकरण, विस्तार गर्ने रणनिती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने भएको छ।

शनिवार पार्टी केन्द्रीय कार्यालयमा यसअघि पार्टीले तीन महिने प्रशंसा अभियान सञ्चालन गरेको र अभियान प्रभावकारी भएको पार्टीका महासचिव सोनाम सिंह स्याङतानले यस्तो बताएका हुन् ।

उनले प्रशंसा अभियान-२ भनेर अब पाँच महिने अभियान सञ्चालन हुने जानकारी दिए। प्रशंसा अभियान प्रशिक्षण, संगठन र सामाजिक परिचालनका रूपमा रहेको उनको भनाइ छ।

उनले भने, ‘हामीले प्रशंसा अभियान-२ भनेर पाँच महिने अभियान सञ्चालन गर्ने निर्णय गरेका छौँ। प्रशिक्षण, संगठन र सामाजिक परिचालन भनेको प्रशंसा अभियान हो। जनताको मुद्दाहरू हो यो भनेको शासनमा देखिएको समस्या, भ्रष्टाचारविरुद्धको अभियान हो। तीन महिने पहिलो चरणको अभियान सकिसकेको छ। अहिले हामी दोस्रो चरणको अभियानमा लागेका छौँ।’

उनका अनुसार पार्टीले ०८४ को निर्वाचनलाई लक्षित गरेर पार्टीको आन्तरिक संगठन सुदृढीकरण, विस्तार गरिरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार