माघ २४, २०८२ शनिबार February 7, 2026

नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने

०८४ को निर्वाचनलाई लक्षित गरेर पार्टीको आन्तरिक संगठन सुदृढीकरण, विस्तार गर्ने रणनिती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने भएको छ।

शनिवार पार्टी केन्द्रीय कार्यालयमा यसअघि पार्टीले तीन महिने प्रशंसा अभियान सञ्चालन गरेको र अभियान प्रभावकारी भएको पार्टीका महासचिव सोनाम सिंह स्याङतानले यस्तो बताएका हुन् ।

उनले प्रशंसा अभियान-२ भनेर अब पाँच महिने अभियान सञ्चालन हुने जानकारी दिए। प्रशंसा अभियान प्रशिक्षण, संगठन र सामाजिक परिचालनका रूपमा रहेको उनको भनाइ छ।

उनले भने, ‘हामीले प्रशंसा अभियान-२ भनेर पाँच महिने अभियान सञ्चालन गर्ने निर्णय गरेका छौँ। प्रशिक्षण, संगठन र सामाजिक परिचालन भनेको प्रशंसा अभियान हो। जनताको मुद्दाहरू हो यो भनेको शासनमा देखिएको समस्या, भ्रष्टाचारविरुद्धको अभियान हो। तीन महिने पहिलो चरणको अभियान सकिसकेको छ। अहिले हामी दोस्रो चरणको अभियानमा लागेका छौँ।’

उनका अनुसार पार्टीले ०८४ को निर्वाचनलाई लक्षित गरेर पार्टीको आन्तरिक संगठन सुदृढीकरण, विस्तार गरिरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ माघ २४, शनिबार
आज शनिबार, शनि भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् राशिफल
२०८२ माघ २४, शनिबार
सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बनौँ, नत्र कारबाहीमा परिएला
२०८२ माघ २४, शनिबार
आज कोशी र गण्डकीको हिमाली भू-भागमा हल्का वर्षा/हिमपातको सम्भावना
२०८२ माघ २४, शनिबार
झापा गोल्ड कपको सातौँ संस्करण शनिबारदेखि
२०८२ माघ २३, शुक्रबार
पशुपतिमा ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’
२०८२ माघ २३, शुक्रबार
प्राविधिक तथा आर्थिक सहयोग महत्त्वपूर्ण छः पूर्वराष्ट्रपति डा यादव
२०८२ माघ २३, शुक्रबार