श्रावण ३, २०८२ शनिबार July 19, 2025

मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त

देशको कूल वन क्षेत्रमध्ये आठ प्रतिशत अतिक्रमणको चपेटमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम । मधेस प्रदेशको वन निर्देशनालयले आर्थिक वर्ष २०८१/८२ मा लामो चार सय ४२ हेक्टर वनजंगलको जमिन अतिक्रमणकारीबाट छुटाएको जनाएको छ ।

उक्त निर्देशनालयबाट प्राप्त जानकारीअनुसार धनुषामा ३० हेक्टर, सर्लाहीमा एक सय ७५ हेक्टर, सप्तरीमा एक सय ११ हेक्टर, वारामा ५४ हेक्टर, पर्सामा ४५ हेक्टर, रौतहटमा १२ हेक्टर, सिरहामा १० हेक्टर तथा महोत्तरीमा तीन हेक्टर वन क्षेत्रको जमिन फिर्ता लिइएको छ ।

निर्देशनालयका निर्देशक जग्गनाथप्रसाद जयसवालले मधेस प्रदेशको आठवटै जिल्लाबाट अहिले पनि १६ हजार पाँच सय ९९ हेक्टर जमिन अतिक्रमणमा परेको जानकारी दिए ।

वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले प्रशासनिक संयन्त्रले मात्र वनसम्बन्धी समस्या समाधान गर्न नसक्ने भएकाले राजनीतिक तथा स्थानीय संयन्त्रको समन्वय आवश्यक छ भने ।

वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेले वन क्षेत्रलाई अतिक्रमण हुनबाट रोक्न मातहतका कार्यालयललाई कठोर भएर काम गर्न परिपत्र गरिएको तथा पर्याप्त जनशक्ति परिचालन गरेर परिणाम निकाल्ने गरी समन्वयका साथै अनुगमन हुने प्रतिबद्धता व्यक्त गरे ।

हाल देशमा ४५ प्रतिशत भू-भाग वनले ढाकेको भए पनि मधेस प्रदेशमा मात्र तीन दशमलव ७२ प्रतिशत भू-भाग वन क्षेत्रले ढाकेको सो निर्देशनालयले जनाएको छ ।

प्रदेशभरि दुई लाख दुई हजार दुई सय दुई वन क्षेत्र रहे पनि एक सय ३६ स्थानीय तहमध्ये ८९ वटामा वन क्षेत्र नै नभएको बताइएको छ । देशको कूल वन क्षेत्रमध्ये आठ प्रतिशत अतिक्रमणको चपेटमा परेको जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार