काठमाडौं । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ का लागि आयोजना गरेको छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शनिबार सम्पन्न सो परीक्षामा कुल १४,१७३ विद्यार्थी सहभागी भएका थिए, जसमा १०,८६७ जना विद्यार्थी उत्तीर्ण भएका छन्। महानगरका सूचना अधिकारी नुरनिधि न्यौपानेका अनुसार, उत्तीर्ण विद्यार्थीमध्ये करिब ४,४९९ जनाले छात्रवृत्तिको अवसर प्राप्त गर्ने अपेक्षा गरिएको छ।
परीक्षामा विभिन्न संकायअन्तर्गत विद्यार्थीले सहभागिता जनाएका थिए। संकायअनुसार उत्तीर्ण विद्यार्थीको विवरण यसप्रकार रहेको छः
शिक्षा संकाय: कोटा २५, उत्तीर्ण १९ (छात्रा ९, छात्र १०)
मानविकी संकाय: कोटा ११९, उत्तीर्ण ६ (छात्रा ४, छात्र २)
कानून संकाय: कोटा १०५, उत्तीर्ण १३५ (छात्रा ७३, छात्र ६२)
व्यवस्थापन संकाय: कोटा २३१९, उत्तीर्ण १९५७ (छात्रा ६९०, छात्र १२६७)
विज्ञान संकाय: कोटा १९३१, उत्तीर्ण ८७५० (छात्रा ३२८८, छात्र ५४६०, अन्य २)
छात्रवृत्तिका लागि योग्य ठहरिएकाले काठमाडौँ महानगर क्षेत्रभित्रका १६१ वटा निजी विद्यालयहरूमा आफैँले प्राथमिकतामा राखेका विद्यालयमा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाउनेछन्।
यसैबीच, परीक्षाको नतिजामा चित्त नबुझेका विद्यार्थीहरूलाई साउन ५ गतेभित्र पुनर्योग (re-totaling) का लागि निवेदन दिन सकिने व्यवस्था गरिएको छ। पुनर्योगको नतिजा आएपछि मात्र उत्तीर्ण विद्यार्थीहरूको अन्तिम नामांकन सूची काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले सार्वजनिक गर्नेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया