श्रावण ४, २०८२ आइतबार July 20, 2025

कलाकारसँग सभामुख घिमिरेको अन्तरक्रिया

कार्यक्रमले विश्वभर छरिएका नेपाली समुदायका कला, संस्कृति र प्रतिभालाई अन्तरराष्ट्रियस्तरमा उजागर गर्न महत्वपूर्ण योगदान पुर्‍याएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, साउन ४ गते। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ‘इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’को आयोजनामा सञ्चालित पहिलो अन्तरराष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’का कलाकारसँग अन्तरक्रिया गर्नुभएको छ।

कार्यक्रममा सभामुख घिमिरेले ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’जस्ता सांस्कृतिक कार्यक्रमले विश्वभर छरिएका नेपाली समुदायका कला, संस्कृति र प्रतिभालाई अन्तरराष्ट्रियस्तरमा उजागर गर्न महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “यस्ता कार्यक्रमले नेपाली भाषा, संस्कार र सङ्गीतलाई प्रवास मात्र होइन, विश्व मञ्चमा पनि पहिचान दिलाउने अवसर प्रदान गरेका छन्।” नयाँ पुस्तामा नेपाली भाषा र सांस्कृतिक गर्वको भावना जागृत गराउन यस्ता सिर्जनात्मक प्रयास प्रभावकारी हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “प्रवासमा रहेका नेपालीको सामाजिक एकता, सांस्कृतिक संरक्षण र मुलुकको विकासमा हुने योगदानको उच्च मूल्याङ्कन गर्नुपर्छ।”

इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका कार्यकारी निर्देशक चुणामणि भट्टराईले दक्षिण अफ्रिका र अन्टार्कटिकाबाहेक संसारभरका नेपालीहरू यस अभियानसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोडिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “करिब ६० मुलुकका नेपालीले यसमा योगदान गरेका छन्। तेइस मुलुकका नेपाली मूलका कलाकार नेपाल आउनुभएको थियो। अहिले पनि ७ मुलुकका कलाकार उत्कृष्ट १० भित्र छनोट भएका छन्।”

सार्वजनिक सेवा प्रसारण संस्था (पीएसबी) का सञ्चालक सदस्य फुलमान बलले दुवै रियालिटी शोले सांस्कृतिक र राष्ट्रियताबीचको सम्बन्धलाई जोड्न सफल भएको बताउनुभयो।

इन्ट्रा फाउण्डेसनका नेपाल च्याप्टर अध्यक्ष बाबुकृष्ण कार्कीले दुवै रियालिटी शोमार्फत विश्वभर रहेका नेपाली समुदायका कला, प्रतिभा र सांस्कृतिक सम्पदालाई अन्तरर्राष्ट्रिय स्तरमा पु¥याउने उद्देश्यमा सफलता प्राप्त गरेको बताउनुभयो।

कार्यक्रममा दुवै रियालिटी शोमा उत्कृष्ट १० मा पर्न सफल कलाकार, प्रशिक्षक, कोरियोग्राफरलगायत ४० भन्दा बढी प्रतिनिधि सहभागी हुनुहुन्थ्यो।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार