श्रावण ४, २०८२ आइतबार July 20, 2025

सिरहा कारागारमा झडप हुँदा १३ कैदीबन्दी घाइते

घाइतेहरूलाई प्रादेशिक अस्पताल सिरहामा उपचार हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिरहा,  साउन ४ गते । सिरहा सदरमुकामस्थित जिल्ला कारागारमा आज दिउँसो कैदीबन्दीहरूबीच झडप हुँदा १३ जना घाइते भएका छन् । कारागारभित्र आन्तरिक प्रशासनको नाइके तोक्ने विषयमा विवाद चर्किएपछि झडप भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चेतराज बरालले जानकारी दिनुभयो ।

“नाइके को हुने भन्ने विवादले दुई समूहबीच झडप भएको हो । घाइतेहरूलाई तत्काल प्रादेशिक अस्पताल सिरहा पठाइएको छ”, उहाँले भन्नुभयो, “सुरक्षाका दृष्टिकोणले पनि थप उपचारका लागि उनीहरूलाई आजै काठमाडौँ पठाउने तयारी भइरहेको छ ।”

घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको टोली तत्काल कारागार पुगेको थियो । हाल अवस्था नियन्त्रणमा रहेको र झडपको विषयमा थप अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ ।

blogसिराहा कारागार १५० कैदीबन्दी राख्ने क्षमताको भए पनि हाल ४५८ जना कैदीबन्दी राखिएको छ । क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिँदा आन्तरिक व्यवस्थापनमा समस्या देखिएको छ ।

शनिबार मात्रै जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको संयुक्त टोलीले कारागार अनुगमन गरेको थियो । अनुगमनका क्रममा कुनै असहज अवस्था नरहेको बताइएको थियो । त्यसको भोलिपल्टै झडप हुनुले कारागार व्यवस्थापनमाथि प्रश्न उठाएको छ ।

यसअघि पनि कारागारभित्र आपराधिक गतिविधि भएको आरोपमा छानबिन समिति गठन गरिएको थियो । डेढ महिनाअगाडि बुझाइएको उक्त प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार