श्रावण ४, २०८२ आइतबार July 20, 2025

भदौभित्र स्वास्थ्य बिमाको सम्पूर्ण रकम भुक्तानी गरिनेछः स्वास्थ्यमन्त्री पौडेल

“सबै नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध गराई न्यूनतम लागतमा स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ ।”

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मध्यविन्दु (नवलपरासी), ४ साउनः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाबापतको भुक्तानी गर्नुपर्ने सबै रकम भदौ महिनाभित्रमा भुक्तानी गरिने बताउनुभएको छ । आज नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका–४ झ्यालवासमा देउराली प्राथमिक अस्पतालको उद्घाटन गर्दै उहाँले दुई किस्तामा गरेर बिमाबापतको बाँकी भुक्तानी पूरा गरिने बताउनुभएको हो ।

यसरी प्राप्त हुने रकम स्वास्थ्य सेवा विस्तारमा लगानी गनृ आग्रह गर्दै स्वास्थ्यमन्त्री पौडेलले भन्नुभयो, “बिमाबापत अस्पतालहरूले प्राप्त गर्ने रकम केही प्रतिशत स्वास्थ्य सेवा विस्तारमा खर्च गर्न म अनुरोध गर्न चाहन्छु । अब प्राप्त हुने बिमाबापतको रकममध्ये ३०–४० प्रतिशत भए पनि स्वास्थ्य सेवा विस्तारमा खर्च गर्नसके राम्रो हुनेछ ।”

पछिल्लो समय सरकारी अस्पतालमा नागरिकको विश्वास बढेकाले उपचारका लागि आकर्षण बढेको मन्त्री पौडेलले बताउनुभयो । सीमित साधनस्रोतले सबै बिरामीको चाप थेग्न नसक्ने हुँदा अब सबै पालिकामा प्राथमिकस्तरको अस्पताललाई सेवासुविधायुक्त बनाउने सरकारको लक्ष्य रहेको उहाँको भनाइ थियो ।

साउन १ गतेदेखि देशभरका ४८ वटा अस्पतालले नयाँ भवनबाट सेवा सुरु गरेको जानकारी दिँदै मन्त्री पौडेलले स्थानीय सरकारको नेतृत्वमा सञ्चालन हुने ती अस्पतालमा प्रदेश र सङ्घ सरकारले स्रोतसाधन उपलब्ध गराउने बताउनुभयो । उहाँले विभिन्न जटिल रोगहरूको उपचारमा नागरिकलाई सहुलियत प्रदान गर्न राज्यले एकमुष्ट रकम छुटको सुविधा प्रदान गरेको बताउनुभयो ।

“स्वास्थ्य सेवामा सुधार गर्न सकिएन भने देशमा गणतन्त्र आएको नागरिकले अनुभूति गर्ने छैनन्”,उहाँले भन्नुभयो, “सबै नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध गराई न्यूनतम लागतमा स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ ।”

हुप्सेकोट गाउँपालिका–४ झ्यालवासमा रहेको पाँच शय्याको देउराली प्राथमिक अस्पतालबाट आजदेखि नै सेवा सञ्चालन गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार