श्रावण ४, २०८२ आइतबार July 20, 2025

मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित

आंशिक शिक्षकहरूको वस्तुगत अवस्थाको अध्ययन प्रतिवेदन–२०८२” बमोजिम सहमति कार्यान्वयन गरिने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुर्खेत। लामो समयदेखि आन्दोलनमा रहेका मध्यपश्चिम विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले आफ्नो आन्दोलनका सम्पूर्ण कार्यक्रम आइतबारदेखि फिर्ता लिएका छन्। विश्वविद्यालय प्रशासनसँग भएको औपचारिक वार्तामा सहमति जुटेसँगै आन्दोलन स्थगित गरिएको हो।

विश्वविद्यालयद्वारा गठित वार्ता समिति र आंशिक प्राध्यापक संघबीच भएको संवादबाट सहमतिको वातावरण बनेको हो। संघले आन्दोलन फिर्ता लिने निर्णय विश्वविद्यालयले प्रस्तुत गरेको “आंशिक शिक्षकहरूको वस्तुगत अवस्थाको अध्ययन प्रतिवेदन–२०८२” बमोजिम सहमति कार्यान्वयन गरिने प्रतिबद्धतापछि गरेको जनाएको छ।

वार्ता समितिले तयार पारेको सहमतिको दस्तावेज विश्वविद्यालयका प्रमुख पदाधिकारीहरूलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। संघले अब सहमतिका बुँदाहरूको प्रभावकारी कार्यान्वयनको अपेक्षा राखेको छ।

यस सहमतिसँगै विश्वविद्यालयको शैक्षिक वातावरण सामान्य हुने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार