श्रावण ४, २०८२ आइतबार July 20, 2025

राहत वितरण केन्द्रमा इजरायली सेनाले गोली चलाउँदा कम्तीमा ७३ को मृत्यु

‘इजरायलले प्यालेस्टाइन लक्षित आक्रमण सुरु गरेयता त्यहाँका विशेषगरी महिला र बालबालिकाहरू भोकमरीको सिकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । गाजामा सहायता र राहत सामग्री लिन विभिन्न स्थानमा लामबद्ध भएकामाथि इजरायली सेनाले गोली चलाउँदा कम्तीमा ७३ जनाको मृत्यु भएको छ । गाजा क्षेत्रमा सहायता वा राहत वितरण केन्द्रमा इजरायली सेनाले गोली चलाएको यो पहिलो घटना भने होइन ।

स्वास्थ्य मन्त्रालय र स्थानीय अस्पतालहरूबाट सूचना संकलन गरेर एसोसिएट प्रेसले उत्तरी गाजामा भएको यो घटनामा मृत्यु हुनेको संख्या अनुमान गरेको हो ।

अलजजिराले भने स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै मृत्यु हुनेको संख्या ८४ पुगेको र जसमध्ये सहायता सामग्री लिन लाइनमा बसेका ७३ जना रहेको बताउँदै घटनामा २०० भन्दा धेरै घाइते भएको जनाएको छ । इजरायली सेनाले भने हमास लडाकुहरुले भीडमा अराजकता फैलाएको आरोप लगाउँदै गोली चलाउनुपर्ने अवस्थालाई पुष्टि गर्न खोजेको छ ।

संयुक्त राष्ट्रसंघले केही अघि गाजामा मानवीय सहायता प्राप्त गर्ने प्रयासमा मे महिनाको अन्तिम सातायता करिब ८०० जनाको ज्यान गएको बताएको थियो । संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयका प्रवक्ता रविना शमदासानीले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भनेकी थिइन्, ‘मे २७ देखि जुलाई ७ सम्मको अवधिमा हामीले गाजा मानव सहायता प्रतिष्ठानका केन्द्रहरूसँग नजिकै ६१५ जनाको मृत्यु भएको अभिलेख गरेका छौँ ।

‘इजरायलले प्यालेस्टाइन लक्षित आक्रमण सुरु गरेयता त्यहाँका विशेषगरी महिला र बालबालिकाहरू भोकमरीको सिकार बनेका छन् । संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषणको अवस्था अत्यन्त भयावह बन्दै गएको बताउँदै आएको छ । त्यहाँ सहायता सामग्री वितरण हुने ठाउँमा भीडभाड हुने र त्यसैमा इजरायली सेनाले गोली चलाउने घटना बारम्बार दोहोरिरहेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार