श्रावण ६, २०८२ मंगलबार July 22, 2025

श्रीलङ्काले आपराधिक सम्बन्धमा प्रहरी प्रमुखलाई बर्खास्त गर्ने

८५ हजार सदस्यीय बलियो प्रहरी बलको नेतृत्व गर्न अयोग्य मानिएपछि महाभियोग लाग्ने पहिलो प्रहरी प्रमुख बन्नुहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः श्रीलङ्काका प्रहरी प्रमुखलाई बर्खास्त गर्ने तयारी गरिएको छ । देशको संसद्का सभामुखले मङ्गलबार महाभियोग सुनुवाइमा आपराधिक नेटवर्कको नेतृत्व गरेकोमा दोषी पाइएपछि प्रहरी प्रमुखलाई बर्खास्त गर्ने तयारी गरिएको घोषणा गर्नुभयो ।

महानिरीक्षक देशबन्धु तेन्नाकोन मुलुकको इतिहासमा यसको ८५ हजार सदस्यीय बलियो प्रहरी बलको नेतृत्व गर्न अयोग्य मानिएपछि महाभियोग लाग्ने पहिलो प्रहरी प्रमुख बन्नुहुनेछ । संसद्ले नियुक्त गरेको तीन सदस्यीय समितिले सर्वसम्मतिले तेन्नाकोनलाई उहाँमाथि लगाइएका आरोपहरूमा दोषी ठहर गरेको सभामुख जगत विक्रमरत्नेले बताउनुभयो ।

“यो हाम्रो संवैधानिक यात्राको ऐतिहासिक क्षण हो, इतिहासमा पहिलो पटक यस्तो समितिले प्रहरी महानिरीक्षकलाई हटाउन सिफारिस गर्दै आफ्नो निष्कर्ष पेश गरेको छ”, उहाँले भन्नुभयो । महाभियोगको मतदान निर्धारण गरिनेछ र २२५ सदस्यीय संसदमा यो पारित हुने अपेक्षा गरिएको छ । संसदमा राष्ट्रपति अनुर कुमारा दिसानायकेको सरकारसँग दुई तिहाइ बहुमत छ ।

श्रीलङ्काको सर्वोच्च अदालतले हिरासतमा रहेका एक संदिग्धलाई पीडितको गुप्ताङ्गमा मेन्थल बाम लगाएर यातना दिएको फैसला गरे पनि तेन्नाकोनलाई सन् २०२३ नोभेम्बरमा प्रहरी प्रमुख नियुक्त गरिएको थियो । उहाँमाथि सन् २०२३ मा एउटा दुर्भाग्यपूर्ण छापा मारेको आरोप पनि लगाइएको छ । उक्त छापामा तटीय रिसोर्ट सहर वेलिगामामा प्रतिद्वन्द्वी प्रहरी एकाइहरूबीच बन्दुक युद्ध सुरु गरायो र एक अधिकारीको मृत्यु भयो ।

श्रीलङ्काको सर्वोच्च अदालतले सन् २०२४ जुलाईमा पूर्वराष्ट्रपति रनिल विक्रमसिङ्घेले तेन्नाकोनको नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाउने छुट्टै मुद्दाको नतिजाको पर्खाइमा उहाँलाई निलम्बन गरेको थियो । राज्यका एक अभियोजकले यस वर्ष अदालतलाई तेन्नाकोन ‘आपराधिक सञ्जालको प्रमुख’ भएको बताएका थिए ।

तेन्नाकोनविरुद्धको यो पछिल्लो कदम स्वतन्त्र राष्ट्रिय प्रहरी आयोगले प्रहरी बलका दोस्रो नम्बरका अधिकारी वरिष्ठ उप महानिरीक्षक निलन्था जयवर्दनेलाई बर्खास्त गरेको केही दिनपछि आएको छ । सन् २०१९ को इस्टर सन्डेको बम विस्फोटमा २७९ जनाको ज्यान गएकोमा लापरवाही गरेको आरोपमा जयवर्दनेलाई बर्खास्त गरिएको थियो । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार