काठमाण्डौं । चितवनको भरतपुर महानगरपालिका– १० एयरपोर्टनजिक गएराति भएको स्कुटर दुर्घटनामा दुई युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बा.प्र.०६-००३ प ०६९२ नम्बरको स्कुटर गएराति करिब २ बजे आफैँ अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्कुटरचालक २५ वर्षीय सन्दीप घिमिरे र पछाडि सवार २८ वर्षीय कुशल अर्याल रहेका छन्। दुवैजना भरतपुर महानगरपालिका– २१ का बासिन्दा भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनापछि घाइते दुवैजनालाई तत्काल उपचारका लागि भरतपुर सरकारी अस्पताल पुर्याइएकोमा डाक्टरहरूले गएराति करिब २:३५ बजे मृत घोषणा गरेका थिए । मृतक घिमिरे र अर्यालको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको र स्कुटर नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया