कार्तिक २८, २०८२ शुक्रबार November 14, 2025

प्रदेश प्रमुख खापुङसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस

जनताले विवेकपूर्ण रूपमा निर्वाचनमा मतदान गरी लोकतन्त्र र प्रजातन्त्रलाई बलियो बनाई मुलुकमा समृद्ध कायम गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मोरङ ।  कोसी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आज निर्वाचन आयोगले आफ्नो १९औँ वार्षिक प्रतिवेदन पेस गरेको छ।

प्रदेश प्रमुख खापुङलाई आयोगका कोसी प्रदेश कार्यालयका प्रदेश निर्वाचन कार्यालयका प्रमुख  युवराज गुरागाईँले प्रमुखको कार्यालय विराटनगरमा नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन बुझाउनुभयो ।

प्रमुख खापुङ्गले प्रतिवेदन ग्रहण गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा  सम्पन्न गर्न आयोगको काँधमा महत्त्वपूर्ण जिम्मेवारी रहेको बताउनुभयो ।

उहाँले सम्पूर्ण नेपाली जनतालाई सार्वभौम सत्ताको मालिक र राजकीय सत्ताको अधिकारी निर्वाचनको माध्यमबाट प्रयोग गर्न मतदाता नामावली नाम दर्ता गर्न आग्रह गर्नुभयो ।

प्रदेश प्रमुख खापुङले जनताले विवेकपूर्ण रूपमा निर्वाचनमा  मतदान गरी लोकतन्त्र र प्रजातन्त्रलाई बलियो बनाई मुलुकमा समृद्ध कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

आयोगका निर्वाचन कार्यालयका प्रमुख गुरागाईँले गत आर्थिक वर्षमा आयोगमा १२२ वटा दर्ता भएको र सोही अवधिमा कोसी प्रदेशमा ३४ लाख ३३ हजार ९ सय मतदाता रहेको जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एन्फा राष्ट्रिय लिगमा कर्णाली प्रदेशबाट काँक्रेबिहार छनोट
२०८२ कार्तिक २८, शुक्रबार
युवाको भावना राज्यले समयमै नबुझिदिँदा जनसङ्ख्याको यस समूहमा बेचैनी देखिएको छः प्रधानमन्त्री
२०८२ कार्तिक २८, शुक्रबार
वडाध्यक्ष यादवको हत्या आरोपमा प्रहरी जवान पक्राउ
२०८२ कार्तिक २८, शुक्रबार
गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
२०८२ कार्तिक २८, शुक्रबार
‘नेपाली कम्युनिष्ट पार्टी’ ले पायो दल दर्ताको प्रमाणपत्र
२०८२ कार्तिक २८, शुक्रबार
रास्वपा त्यागेका सन्तोष परियारले नयाँ राजनीतिक यात्राको गरे घोषणा
२०८२ कार्तिक २८, शुक्रबार
स्वास्थ्य क्षेत्र सुधार्न मन्त्री डा.गौतमको दुईमहिने कार्ययोजना
२०८२ कार्तिक २८, शुक्रबार