कार्तिक २८, २०८२ शुक्रबार November 14, 2025

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

नेपालको दिगो आर्थिक विकास र समृद्धिका लागि कोरिया सरकार नेपालसँग सहकार्य गरेर अगाडि बढिरहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २७ कात्तिकः उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा बुधबार साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले नेपालको दिगो आर्थिक विकास र समृद्धिका लागि कोरिया सरकार नेपालसँग सहकार्य गरेर अगाडि बढिरहेको बताउनुभयो ।

उहाँले जलविद्युत्, सांस्कृतिक सम्पदा र मानव संसाधन नेपालको विकासका निम्ति प्रचुर सम्भावना भएका क्षेत्र भएकाले तिनलाई नै प्राथमिकतामा राखेर कोरियाले साझेदारको भूमिका निर्वाह गरेको बताउनुभयो ।

समारोहमा कोरियाली संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । त्यसैगरी, नेपाल सरकारका वरिष्ठ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, उद्यमी–व्यवसायी, सञ्चारकर्मी, कामको सिलसिलामा यहाँ रहेका कोरियाली नागरिकको उपस्थिति थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एन्फा राष्ट्रिय लिगमा कर्णाली प्रदेशबाट काँक्रेबिहार छनोट
२०८२ कार्तिक २८, शुक्रबार
युवाको भावना राज्यले समयमै नबुझिदिँदा जनसङ्ख्याको यस समूहमा बेचैनी देखिएको छः प्रधानमन्त्री
२०८२ कार्तिक २८, शुक्रबार
वडाध्यक्ष यादवको हत्या आरोपमा प्रहरी जवान पक्राउ
२०८२ कार्तिक २८, शुक्रबार
गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
२०८२ कार्तिक २८, शुक्रबार
‘नेपाली कम्युनिष्ट पार्टी’ ले पायो दल दर्ताको प्रमाणपत्र
२०८२ कार्तिक २८, शुक्रबार
रास्वपा त्यागेका सन्तोष परियारले नयाँ राजनीतिक यात्राको गरे घोषणा
२०८२ कार्तिक २८, शुक्रबार
स्वास्थ्य क्षेत्र सुधार्न मन्त्री डा.गौतमको दुईमहिने कार्ययोजना
२०८२ कार्तिक २८, शुक्रबार