मंग्सिर २६, २०८२ शुक्रबार December 12, 2025

भारतीय क्रिकेटर प्रियाङ्क कर्णालीमा अनुबन्ध

आठ टोलीको सहभागिता रहने एनपिएल मङ्सिर १ देखि २७ गतेसम्म हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, कात्तिक २७ गते । भारतीय क्रिकेटर प्रियाङ्क किरित पन्चाललाई नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि कर्णाली याक्स स्पोर्ट्स प्रालिले अनुबन्ध गरेको छ ।

प्रियाङ्क कर्णालीमा अनुबन्ध हुने चौथो विदेशी खेलाडी हुनुहुन्छ । यसअघि कर्णालीले अस्ट्रेलियाका विलियम बोसिस्टोसँग सम्झौता नवीकरण गरेको थियो ।

यस्तै कर्णलीले मार्क वाट र म्याक्स ओ’डाउडलाई यसअघि अनुबन्ध गरिसकेको छ । ३५ वर्षीय ओपनर ब्याट्सम्यान प्रियाङ्कले पछिल्लो पटक भारतीय टोलीबाट हङकङ सुपर सिक्सेस खेल्नुभएको थियो ।

उहाँले गुजरातबाट रणजी ट्रफी खेल्दै आउनुभएको छ । उहाँले ५९  टी–२० मा नौ अर्धसतकसहित एक हजार ५२२ रन बनाउनुभएको छ ।

कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र मार्की खेलाडीमा सोमपाल कामी हुनुहुन्छ । आठ टोलीको सहभागिता रहने एनपिएल मङ्सिर १ देखि २७ गतेसम्म हुँदैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आम्दानी बढेसँगै सेवा विस्तार, दैनिक ३०० बिरामीको उपचार गर्दै बूढानीलकण्ठको नगर अस्पताल
२०८२ मंग्सिर २६, शुक्रबार
पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’
२०८२ मंग्सिर २६, शुक्रबार
आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य
२०८२ मंग्सिर २६, शुक्रबार
टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’
२०८२ मंग्सिर २६, शुक्रबार
एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण
२०८२ मंग्सिर २६, शुक्रबार
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९भेडा–च्याङ्ग्रा ठहरै
२०८२ मंग्सिर २६, शुक्रबार
मुग्लिन पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र शुरु
२०८२ मंग्सिर २६, शुक्रबार