कार्तिक २८, २०८२ शुक्रबार November 14, 2025

गृहमन्त्री अर्यालसँग अस्ट्रेलियाकी राजदूत जोन्स्टनको बिदाइ भेट

द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, कात्तिक २७ गते । नेपालका लागि अस्ट्रेलियाली राजदूत लियान जोन्स्टनले बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग विदाई भेट गर्नु भएको छ।

राजदूत जोन्स्टनले गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री अर्याललाई भेटेर शिष्टाचार विदाई भेट गर्नु भएको हो।

भेटका क्रममा मन्त्री अर्याल र राजदूत जोन्स्टनबिच  नेपाल र अस्ट्रेलिया रही आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको गृहमन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द भट्टराईले जानकारी दिनुभयो।

साथै मन्त्री अर्यालले राजदूत जोन्स्टनलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिनुभएको छ। राजदूत जोन्स्टन सेप्टेम्बर १२, २०२४ मा नेपालका लागि राजदूत भएर आउनु भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एन्फा राष्ट्रिय लिगमा कर्णाली प्रदेशबाट काँक्रेबिहार छनोट
२०८२ कार्तिक २८, शुक्रबार
युवाको भावना राज्यले समयमै नबुझिदिँदा जनसङ्ख्याको यस समूहमा बेचैनी देखिएको छः प्रधानमन्त्री
२०८२ कार्तिक २८, शुक्रबार
वडाध्यक्ष यादवको हत्या आरोपमा प्रहरी जवान पक्राउ
२०८२ कार्तिक २८, शुक्रबार
गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
२०८२ कार्तिक २८, शुक्रबार
‘नेपाली कम्युनिष्ट पार्टी’ ले पायो दल दर्ताको प्रमाणपत्र
२०८२ कार्तिक २८, शुक्रबार
रास्वपा त्यागेका सन्तोष परियारले नयाँ राजनीतिक यात्राको गरे घोषणा
२०८२ कार्तिक २८, शुक्रबार
स्वास्थ्य क्षेत्र सुधार्न मन्त्री डा.गौतमको दुईमहिने कार्ययोजना
२०८२ कार्तिक २८, शुक्रबार