कार्तिक २८, २०८२ शुक्रबार November 14, 2025

जनस्वराज पार्टीलाई मान्यता दिन अस्वीकार

अध्यादेश निष्क्रय भइसकेको अवस्थामा साविककै ऐनको प्रावधान कायम रहेको मान्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, २७ कात्तिकः सर्वोच्च अदालतले जनमत पार्टी फुटेर बनेको जनस्वराज पार्टीलाई सर्वोच्च अदालतले मान्यता दिन अस्वीकार गरेको छ ।
सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधानमल्ल,  न्यायाधीशहरू सुनीलकुमार पोखरेल र मेघराज पोखरेलको पूर्ण इजलासले आज  दल विभाजनबाट बनेको पार्टीलाई मान्यता दिन अस्वीकार गरेको हो ।
फैसलामा भनिएको छ, “राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ ले ऐनको दफा ३३ को उपदफा (२) मा गरेको संशोधनका आधारमा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम ५ को संशोधित व्यवस्थाका आधारमा विपक्षी निर्वाचन आयोगको मिति २०८२-०६-२८ को विपक्षी जनस्वराज पार्टी दर्ता गर्ने निर्णय कानुनसम्मत देखिएन ।”
फैसलामा राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेश आएको र अध्यादेश निष्क्रय भइसकेको अवस्थामा साविककै ऐनको प्रावधान कायम रहेको मान्नुपर्ने उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एन्फा राष्ट्रिय लिगमा कर्णाली प्रदेशबाट काँक्रेबिहार छनोट
२०८२ कार्तिक २८, शुक्रबार
युवाको भावना राज्यले समयमै नबुझिदिँदा जनसङ्ख्याको यस समूहमा बेचैनी देखिएको छः प्रधानमन्त्री
२०८२ कार्तिक २८, शुक्रबार
वडाध्यक्ष यादवको हत्या आरोपमा प्रहरी जवान पक्राउ
२०८२ कार्तिक २८, शुक्रबार
गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
२०८२ कार्तिक २८, शुक्रबार
‘नेपाली कम्युनिष्ट पार्टी’ ले पायो दल दर्ताको प्रमाणपत्र
२०८२ कार्तिक २८, शुक्रबार
रास्वपा त्यागेका सन्तोष परियारले नयाँ राजनीतिक यात्राको गरे घोषणा
२०८२ कार्तिक २८, शुक्रबार
स्वास्थ्य क्षेत्र सुधार्न मन्त्री डा.गौतमको दुईमहिने कार्ययोजना
२०८२ कार्तिक २८, शुक्रबार