काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेका सन्तोष परियारले नयाँ राजनीतिक यात्राको घोषणा गरेका छन्। उनले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र प्रगतिशील राष्ट्रिय अभियानसँग ५ बुँदे सहमति गर्दै सहकार्यमा जाने निर्णय सार्वजनिक गरेका हुन्।
रास्वपामा संगठन–सम्बन्धी असन्तुष्टि चुलिएका बेला एक्कासी पार्टी छाडेको केही घन्टामै उनले नयाँ राजनीतिक शक्तिसँग हातेमालो गर्दै वैकल्पिक राजनीतिक शक्ति निर्माणतर्फ कदम चालेका हुन्।
तीन समूहबीच भएको सहमतिलाई “नयाँ प्रगतिशील मोर्चा निर्माणतर्फको प्रारम्भिक ऐक्यबद्धता” को रूपमा हेरिएको छ। सहमतिअन्तर्गत साझा राजनीतिक दृष्टिकोण, संगठनात्मक समन्वय, नीति–बहसमा सहकार्य र आगामी राजनीतिक गतिविधिमा संयुक्त उपस्थितिको आधार निर्माण गरिएको जनाइएको छ।
सहमतिको विस्तृत विवरण सार्वजनिक नगरे पनि तीनै पक्षले निकट भविष्यमा संयुक्त राजनीतिक अन्तरक्रिया र अभियानलाई सशक्त बनाउने तयारी गरिरहेको बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया