कार्तिक २८, २०८२ शुक्रबार November 14, 2025

प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि आह्वान

प्रतिनिधिसभाका लागि मङ्सिर १—१० र राष्ट्रियसभाका लागि मङ्सिर १—७ गतेसम्म दल दर्ता खुला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २८ कात्तिक । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि आह्वान गरेको छ ।

आयोगले आज सूचना जारी गरी प्रतिनिधिसभाका लागि मङ्सिर १—१० र राष्ट्रियसभाका लागि मङ्सिर १—७ गतेसम्म दल दर्ता खुला गरेको जनाएको छ ।

आयोगको सूचनामा भनिएको छ, “निर्वाचनमा भाग लिन चाहने दलले केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, वार्षिक लेखापरीक्षण प्रतिवेदन तथा अन्य आवश्यक कागजातसहित आयोगमा निवेदन पेस गर्न अनुरोध गर्दछौँ ।”

प्रतिनिधिसभा निर्वाचनका लागि दुई वा दुईभन्दा बढी दल एकै चुनाव चिह्न लिएर भाग लिन चाहेमा त्यससम्बन्धी जानकारी पनि सोही निवेदनको साथमा बुझाउनुपर्ने आयोगले जनाएको छ । सूचनामा उल्लेख छ, “दलको विधान, नियमावली तथा घोषणा पत्र, निर्वाचन चिह्नको नमुना र सोको विद्युतीय प्रति पनि पेस गर्न अनुरोध छ ।”

आगामी फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने एक तिहाइ सदस्यका लागि माघ ११ र प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते चुनाव तोकिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एन्फा राष्ट्रिय लिगमा कर्णाली प्रदेशबाट काँक्रेबिहार छनोट
२०८२ कार्तिक २८, शुक्रबार
युवाको भावना राज्यले समयमै नबुझिदिँदा जनसङ्ख्याको यस समूहमा बेचैनी देखिएको छः प्रधानमन्त्री
२०८२ कार्तिक २८, शुक्रबार
वडाध्यक्ष यादवको हत्या आरोपमा प्रहरी जवान पक्राउ
२०८२ कार्तिक २८, शुक्रबार
गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
२०८२ कार्तिक २८, शुक्रबार
‘नेपाली कम्युनिष्ट पार्टी’ ले पायो दल दर्ताको प्रमाणपत्र
२०८२ कार्तिक २८, शुक्रबार
रास्वपा त्यागेका सन्तोष परियारले नयाँ राजनीतिक यात्राको गरे घोषणा
२०८२ कार्तिक २८, शुक्रबार
स्वास्थ्य क्षेत्र सुधार्न मन्त्री डा.गौतमको दुईमहिने कार्ययोजना
२०८२ कार्तिक २८, शुक्रबार