कार्तिक २८, २०८२ शुक्रबार November 14, 2025

गृहमन्त्री अर्यालसँग बेलायती राजदूत फेनको भेटवार्ता

मुलुकको पछिल्लो परिवर्तित राजनीतिक अवस्थाका साथै समसामयिक विषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, कात्तिक २८ गते । गृहमन्त्री ओमप्रकाश अर्यालसँग शुक्रबार बेलायती राजदूत रोब फेनले मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

राजदूत फेनसहितको प्रतिनिधि मण्डल र मन्त्री अर्यालबीच मुलुकको पछिल्लो परिवर्तित राजनीतिक अवस्थाका साथै समसामयिक विषयमा छलफल भएको छ ।

गृहमन्त्रीको सचिवालयका अनुसार, भेटमा जेनजी विद्रोहपछिको सङ्क्रमणकालीन अवस्थालाई सामान्यीकरण गर्न सरकार र गृहमन्त्री अर्यालले खेल्नुभएको भूमिकाबारे चर्चा भएको थियो ।

राजदूत फेनले नेपालमा हुन गइरहेको आसन्न निर्वाचनमा बेलायत सरकारको आवश्यक साथ सहयोग रहने धारणा व्यक्त गर्नुका साथै दुई देशबीच कायम रहेको मैत्रीपूर्ण दुईपक्षीय सम्बन्ध सधै प्रगाढ रहिरहनेसमेत बताउनु भयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एन्फा राष्ट्रिय लिगमा कर्णाली प्रदेशबाट काँक्रेबिहार छनोट
२०८२ कार्तिक २८, शुक्रबार
युवाको भावना राज्यले समयमै नबुझिदिँदा जनसङ्ख्याको यस समूहमा बेचैनी देखिएको छः प्रधानमन्त्री
२०८२ कार्तिक २८, शुक्रबार
वडाध्यक्ष यादवको हत्या आरोपमा प्रहरी जवान पक्राउ
२०८२ कार्तिक २८, शुक्रबार
गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
२०८२ कार्तिक २८, शुक्रबार
‘नेपाली कम्युनिष्ट पार्टी’ ले पायो दल दर्ताको प्रमाणपत्र
२०८२ कार्तिक २८, शुक्रबार
रास्वपा त्यागेका सन्तोष परियारले नयाँ राजनीतिक यात्राको गरे घोषणा
२०८२ कार्तिक २८, शुक्रबार
स्वास्थ्य क्षेत्र सुधार्न मन्त्री डा.गौतमको दुईमहिने कार्ययोजना
२०८२ कार्तिक २८, शुक्रबार