मंग्सिर २६, २०८२ शुक्रबार December 12, 2025

नयाँ तीन दल दर्ता, २० प्रक्रियामै

मंसिर १० पछि बल्ल फागुनमा हुने निर्वाचनमा कति दल सहभागी हुन्छन् भन्ने यकिन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । निर्वाचन आयोगमा १ सय २७ वटा दल दर्ता भएका छन्। त्यस्तै २० वटा दल दर्ता प्रक्रियामा छन्। दल दर्ताका लागि आयोगले यही कात्तिक मसान्तसम्मको समय दिएको छ।

आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानले १ सय २७ वटा दल दर्ता भइसकेको र २० दल दल प्रक्रियामा रहेको जानकारी शनिबार साँझ दिए। ‘दर्ताका लागि आयोगमा निवेदन दिएका २० वटा दलले पेस गरेका कागजपत्रमाथि छानबिन भइरहेको छ,’ उनले भने, ‘छानबिनपछि प्रक्रिया पूरा गरेकालाई राजनीतिक पार्टीको रूपमा प्रमाणपत्र दिने छौं।’

जेनजी आन्दोलनपछि दल दर्ताका लागि आयोगमा परेका निवेदनमध्ये हर्कराज राई नेतृत्वको ‘श्रम संस्कृति पार्टी’, पुष्पकमल दाहाल संयोजक रहेको ‘नेपाली कम्युनिस्ट पार्टी’ र वीरेन्द्र बस्नेत नेतृत्वको ‘गतिशील लोकतान्त्रिक पार्टी’लाई आयोगले मान्यता दिएको छ। यसअघि आयोगबाट एक सय २४ वटाले राजनीतिक दलको मान्यता पाइसकेका थिए।

आयोगका अनुसार दल दर्ता नियमित प्रक्रिया हो। आयोगले मान्यता पाएका दललाई फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि मंसिर १ देखि १० सम्म निवेदन दिन आह्वान गर्दै सार्वजनिक सूचना जारी गरिसकेको छ। आयोगका अनुसार मंसिर १० पछि बल्ल फागुनमा हुने निर्वाचनमा कति दल सहभागी हुन्छन् भन्ने यकिन हुने छ।

दुई लाख ८१ हजार नयाँ मतदाता

फागुन २१ को निर्वाचन प्रयोजनका लागि शुक्रबारसम्म २ लाख ८१ हजार नयाँ मतदाता थपिएका छन्। आयोगका अनुसार २०६४ फागुन २० गतेसम्म जन्मिएका नेपाली नागरिकले फागुन २१ को निर्वाचनमा मतदान गर्न सक्नेछन्। आयोगले अनलाइनबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने व्यवस्था मिलाएको छ। आयोगले मतदाता नामावलीमा नाम लेखाउने म्याद पाँच दिन बढाएर मंसिर ५ गतेसम्म पुर्‍याएको छ। थपिएको अवधिमा मतदाताको संख्या अझै थपिने छ। यसअघि कात्तिक मसान्तसम्मको म्याद दिइएको थियो। २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक करोड ८० लाख मतदाता थिए। नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आम्दानी बढेसँगै सेवा विस्तार, दैनिक ३०० बिरामीको उपचार गर्दै बूढानीलकण्ठको नगर अस्पताल
२०८२ मंग्सिर २६, शुक्रबार
पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’
२०८२ मंग्सिर २६, शुक्रबार
आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य
२०८२ मंग्सिर २६, शुक्रबार
टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’
२०८२ मंग्सिर २६, शुक्रबार
एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण
२०८२ मंग्सिर २६, शुक्रबार
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९भेडा–च्याङ्ग्रा ठहरै
२०८२ मंग्सिर २६, शुक्रबार
मुग्लिन पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र शुरु
२०८२ मंग्सिर २६, शुक्रबार