मंग्सिर २६, २०८२ शुक्रबार December 12, 2025

वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार छैन : अध्यक्ष ओली

 प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म पार्टीको जनप्रदर्शन नरोकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई  निर्वाचन गराउने अधिकार नरहेको बताएका छन् ।

आइतबार प्रेस चौतारी नेपालसँग आबद्ध पत्रकारहरूसँग आफ्नै निवास गुण्डुमा कुराकानी गर्दै अध्यक्ष ओलीले  वर्तमान सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक रहेको भन्दै निर्वाचन गराउने अधिकार नरहेको बताएका हुन् । उनले भने, ‘हामीले जनप्रदर्शन सुरु गरेका छौँ, यो रोकिनेवाला छैन, अझ बढ्दै जान्छ।’

वर्तमान सरकारले जनप्रतिनिधि वा संविधानप्रति कुनै उत्तरदायित्व नराखेको उनले बताए । अहिलेको सरकार असंवैधानिक भएको उनको दाबी छ । उनले भने, ‘यो सरकार असंवैधानिक सरकार हो, यो कसैप्रति उत्तरदायी छैन, यसलाई कसैले चिन्दैन, त्यसैले यस्तो सरकार हट्नुपर्छ।’

प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित सुरु गरिएको  एमालेको जनप्रदर्शन नरोकिने उनले बताए । ओलीले भने, ‘प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म यो आन्दोलन रोकिन्न, यो अझ फैलिँदै जान्छ, रोकिनेवाला छैन ।’

अध्यक्ष ओलीले एमालेले कहिल्यै चुनावबाट पछि नहट्ने स्पष्ट गर्दै अहिलेको ‘अवैधानिक सरकार’लाई चुनाव गराउने अधिकार नै नभएको दाबी गरे । उनले भने, ‘एमाले चुनावबाट भाग्दैन तर यो अवैधानिक सरकारलाई देशमा चुनाव गराउने हक छैन, त्यसैले विघटित प्रतिनिधि सभा शीघ्र पुनर्स्थापित हुनुपर्छ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आम्दानी बढेसँगै सेवा विस्तार, दैनिक ३०० बिरामीको उपचार गर्दै बूढानीलकण्ठको नगर अस्पताल
२०८२ मंग्सिर २६, शुक्रबार
पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’
२०८२ मंग्सिर २६, शुक्रबार
आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य
२०८२ मंग्सिर २६, शुक्रबार
टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’
२०८२ मंग्सिर २६, शुक्रबार
एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण
२०८२ मंग्सिर २६, शुक्रबार
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९भेडा–च्याङ्ग्रा ठहरै
२०८२ मंग्सिर २६, शुक्रबार
मुग्लिन पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र शुरु
२०८२ मंग्सिर २६, शुक्रबार