मंग्सिर २६, २०८२ शुक्रबार December 12, 2025

प्रधानमन्त्री कार्कीद्वारा चुनावी सुरक्षा तयारी सुदृढ गर्न सेनालाई निर्देशन

सरकारले मुलुकभर शान्ति–सुरक्षा कायम गर्दै निर्धारित मितिमै निर्वाचन सम्पन्न गराउनु राष्ट्रिय उत्तरदायित्व रहेको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, मङ्सिर १२ गते । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको निरीक्षण भ्रमण गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका सुरक्षा तयारीबारे प्रत्यक्ष जानकारी लिनुभएको छ ।

निरीक्षणका क्रममा नेपाली सेनाले वर्तमान सुरक्षा अवस्था, प्रमुख चुनौती र निकट भविष्यका योजनामाथि विस्तृत ब्रिफिङ प्रस्तुत गरेको थियो। सेनाले चुनाव सुरक्षाका लागि सैनिक परिचालनको योजना, संरचना र समन्वय प्रक्रियाबारे पनि विस्तृत प्रस्तुतीकरण गरेको जनाएको छ।

प्रधानमन्त्री कार्कीले आन्दोलनपश्चात् गठित सरकारले मुलुकभर शान्ति–सुरक्षा कायम गर्दै निर्धारित मितिमै निर्वाचन सम्पन्न गराउनु राष्ट्रिय उत्तरदायित्व रहेको उल्लेख गर्नुभयो।

उहाँले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सेनाले पाएको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको जानकारी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देललगायत वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आम्दानी बढेसँगै सेवा विस्तार, दैनिक ३०० बिरामीको उपचार गर्दै बूढानीलकण्ठको नगर अस्पताल
२०८२ मंग्सिर २६, शुक्रबार
पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’
२०८२ मंग्सिर २६, शुक्रबार
आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य
२०८२ मंग्सिर २६, शुक्रबार
टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’
२०८२ मंग्सिर २६, शुक्रबार
एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण
२०८२ मंग्सिर २६, शुक्रबार
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९भेडा–च्याङ्ग्रा ठहरै
२०८२ मंग्सिर २६, शुक्रबार
मुग्लिन पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र शुरु
२०८२ मंग्सिर २६, शुक्रबार