मंग्सिर २६, २०८२ शुक्रबार December 12, 2025

देउवाको मध्यमार्गी धारले फुक्यो गाँठो: पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने कांग्रेसको निर्णय

देउवाले कार्यबाहक सभापति खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग चरणबद्ध छलफल गरेपछि गाँठो फुक्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। महाधिवेशन निर्वाचन अघि कि पछि भन्ने रस्साकस्सीका बीच नेपाली कांग्रेसले आउँदो पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको विषय थाँती राख्दै नियमित महाधिवेशनको समय तालिका ल्याउन सफल हुनुभएको हो ।

कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले विशेष महाधिवेशनको माग गर्दै आइरहेका थिए तर अब उनीहरूको माग पनि तत्काललाई रोकिएको छ । सभापति देउवाको अगुवाइमा पुसमा नियमित महाधिवेशन गर्ने कार्यतालिका आए पनि महामन्त्रीद्वय भने विश्वस्त हुन सकेका छैनन् । उनीहरूले नियमित महाधिवेशन तोकिएको समयमा नभएमा विशेष महाधिवेशनको विकल्प नरहेको बताउँदै आएका छन् ।

कांग्रेसले सार्वजनिक गरेको नयाँ कार्यतालिका अनुसार नयाँ क्रियाशील सदस्य वितरण मंसिर २० भित्र गरिसक्ने उल्लेख छ ।

विशेष महाधिवेशन पक्षधर नेताहरूको भावनासमेत सम्बोधन हुने गरी पुसमा महाधिवेशन गर्ने निर्णय भएको कार्यबाहक सभापति पूर्णबहादुर खड्काले बताए ।
महाधिवेशन मितिमा सहमति जुट्न नसक्दा केन्द्रीय समिति बैठक पटक–पटक स्थगित हुँदै आएको थियो ।

सभापति शेरबहादुर देउवाले कार्यबाहक सभापति खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग चरणबद्ध छलफल गरेपछि गाँठो फुकेको हो । नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आम्दानी बढेसँगै सेवा विस्तार, दैनिक ३०० बिरामीको उपचार गर्दै बूढानीलकण्ठको नगर अस्पताल
२०८२ मंग्सिर २६, शुक्रबार
पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’
२०८२ मंग्सिर २६, शुक्रबार
आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य
२०८२ मंग्सिर २६, शुक्रबार
टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’
२०८२ मंग्सिर २६, शुक्रबार
एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण
२०८२ मंग्सिर २६, शुक्रबार
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९भेडा–च्याङ्ग्रा ठहरै
२०८२ मंग्सिर २६, शुक्रबार
मुग्लिन पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र शुरु
२०८२ मंग्सिर २६, शुक्रबार