माघ २, २०८२ शुक्रबार January 16, 2026

डडेल्धुराबाट काठमाडौँ आउदै गरेको बस दाङमा दुर्घटना, २२ यात्री घाइते

सेना तथा प्रहरीको उद्धारमा घाइतेहरूको लमही अस्पतालमा उपचार हूँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दाङ, २५ मङ्सिरः डडेल्धुराबाट काठमाडौँतर्फ गइरहेको ना८ख ७४५५ नम्बरको यात्रीबस पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियापुलमा दुर्घटना हुँदा २२ जना यात्री घाइते भएका छन् ।

लमहीस्थित वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोशनराज पाण्डेयका अनुसार आज बिहान पुलबाट खोलामा बस खसेको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयको सहयोगमा घाइतेहरूलाई उद्धार गरी लमही अस्पताल पु¥याइएको छ ।

घाइतेहरूको अहिले लमही अस्पतालमा उपचार भइरहेको छ । जस मध्ये २ जनालाइ थप उपचारको लागि बाहिर पठाउनुपर्ने हुनसक्ने प्रहरी निरिक्षक पाण्डेले जानकारी दिए । बस दुर्घटनाको कारण के हो भनेर अनुसन्धान भइरहेको उनले बताए । बसको पट्टा भाँचिएर बस दुर्घटनाम परेको प्रारम्भिक बयान प्रहरी समक्ष बस चालकले दिएका छन । उक्त बसमा ३८ जना यात्रीहरु रहेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया