माघ २, २०८२ शुक्रबार January 16, 2026

सुशीला सरकार ‘असंवैधानिक र गैरकानूनी’ – अध्यक्ष ओली

सरकारलाई प्रतिशोधपूर्ण काम नगर्न चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारले असंवैधानिक र गैरकानूनी तरिकाले काम गरिरहेको आरोप लगाएका छन्।

बिहीवार काठमाडौंमा सम्पादकहरूसँगको अन्तर्क्रियामा उनले सरकारको गतिविधि संवैधानिक सीमाभन्दा बाहिर गएको दाबी गरे।

ओलीका अनुसार जेन–जी आन्दोलनबारे छानबिनका लागि बनेको आयोगमा बयान दिन जाने–नजाने विषय व्यक्तिगत निर्णय हो। आयोगका सदस्यहरूले सार्वजनिक रूपमा व्यक्त गरेका कथनहरूले नै आयोगको मनसाय स्पष्ट भएको उनको भनाइ छ।

उनले सुशीला कार्कीलाई राष्ट्रपति कार्यालयले निर्वाचन गराउने जिम्मेवारीसहित अन्तरिम रूपमा नियुक्त गरेको उल्लेख गर्दै, “सरकारलाई प्रतिष्ठान मास्ने वा मनपरी निर्णय गर्ने अधिकार छैन,” भने।

ओलीले सरकारलाई प्रतिशोधपूर्ण काम नगर्न चेतावनी पनि दिए। “समय कुनै अवस्थामा रोकिन्न, होस गरेर अघि बढ्नुपर्छ,” उनले भने।

त्यसैगरी, आफू बालुवाटार ‘भागेर आएको’ भन्ने टिप्पणीका प्रतिकारमा उनले जेन–जी आन्दोलनका नेताहरूमार्फत उठेका प्रश्नहरू पनि खारेज गर्दै, “नभागेको भए के गर्नुहुन्थ्यो ?” भन्ने प्रतिप्रश्न गरे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया