भाद्र २, २०८३ मंगलबार August 18, 2026

सामाजिक सद्भाव कायम राख्न उपराष्ट्रपति यादवको अपिल

हिंसा, अफवाह र उत्तेजनाबाट टाढा रहँदै संवाद र आपसी सम्मानलाई प्राथमिकता दिन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, पुस २२ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकका केही क्षेत्रमा देखिएका साम्प्रदायिक असमझदारीप्रति चिन्ता व्यक्त गर्दै शान्ति, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न अपिल गर्नुभएको छ।

उहाँले हिंसा, अफवाह र उत्तेजनाबाट टाढा रहँदै संवाद र आपसी सम्मानलाई प्राथमिकता दिन आग्रह गर्नुभयो।

‘मुलुकका केही भूभागमा पछिल्ला दिनमा सम्प्रदायबीच उत्पन्न असमझदारी, वैमनस्य र द्वन्द्वले हाम्रो साझा सामाजिक सद्भावलाई चुनौती दिएको दुःखद घटनाले हामी सबैलाई गम्भीर रूपमा चिन्तित बनाएको छ’, उहाँले भन्नुभएको छ, ‘नेपालको संविधानले हाम्रो राष्ट्रलाई धर्मनिरपेक्ष, समावेशी र विविधतापूर्ण समाजको रूपमा परिभाषित गरेको छ । यस संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा पालन गर्ने स्वतन्त्रता सुनिश्चित गरेको छ । हाम्रो मुलुकको शक्ति नै विविधता, सहिष्णुता र परस्पर सम्मानमा निहित छ । जुनसुकै धर्म मान्ने सम्प्रदाय, समुदाय, समाज र नेपाली नागरिकहरू सबै एउटै राष्ट्रिय परिवारका सदस्य हौं । हाम्रो भाइचाराको सम्बन्ध, सहअस्तित्व र परस्पर विश्वास नै हाम्रो पहिचान हो, जसलाई अक्षुण्ण राख्नु हामी सबैको साझा कर्तव्य हो ।’

उपराष्ट्रपति यादवले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न सबै पक्षले जिम्मेवार भूमिका खेल्नुपर्नेमा उपराष्ट्रपतिले जोड दिनुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार