फागुण ६, २०८२ बुधबार February 18, 2026

प्रतिनिधिसभा निर्वाचनः मनोनयनमा उत्साह

महोत्तरीका चार प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १४३ जनाले मनोनयनपत्र दर्ता गराए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महोत्तरी, ७ माघः प्रतिनिधिसभा निर्वाचनलाई लिएर यहाँका मतदातामा उत्साह छाएको छ । राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्तामात्र होइन, मताधिकार नपाएकाहरू पनि चुनावको चर्चामा लागेका छन् । यो चर्चा चिया पसलदेखि हाटबजारसम्म फैलिएको छ ।

मङ्गलबार उम्मेदवारको मनोनयनपत्र दर्तासँगै आम जनमानसमा चुनावी चर्चा चलेको हो । महोत्तरीका चार प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १४३ जनाले मनोनयनपत्र दर्ता गराएपछि जिल्लामा चुनावको वातावरण बनेको छ ।

मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीका अनुसार क्षेत्र नं १ मा २७, महोत्तरी–२ मा ३७, महोत्तरी–३ मा ४२ र महोत्तरी–४ मा ३७ जनाले उम्मेदवारी दर्ता गराएका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाभरिमा १३ जना महिला उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । जसमा क्षेत्र नं १ मा चार, २ मा पाँच, ३ मा दुई र ४ मा दुई जना छन् ।

चारवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्वक उत्साहजनक मनोनयनपत्र दर्ता कार्यक्रम सम्पन्न भएको जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । यसअघि मनोनयनपत्र दर्ता कार्यक्रमअघि गत सोमबार चारवटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न सर्वपक्षीय बैठकले निर्वाचन आचारसंहिताको सबै पक्षबाट पूर्ण परिपालनाको प्रतिबद्धता जनाएको थियो, निर्वाचनका लागि उच्चतम सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी यादवको भनाइ छ ।

महोत्तरीमा यसपालिको निर्वाचनका लागि चार लाख ३१ हजार २५२ मतदाता छन् । जसमा दुई लाख ३५ हजार १८३ पुरुष, एक लाख ९६ हजार ९७ महिला र अन्य दुई रहेका जिल्ला निर्वाचन कार्यालयले यसअघि नै जनाइ सकेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राससको ६५औँ वार्षिकोत्सव : निस्पक्ष निर्वाचनमा राससको भूमिका महत्त्वपूर्ण – पूर्व राष्ट्रपति यादव
२०८२ फागुण ७, बिहिबार
आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल
२०८२ फागुण ६, बुधबार
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
२०८२ फागुण ६, बुधबार
‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठसहित)
२०८२ फागुण ६, बुधबार
युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश
२०८२ फागुण ६, बुधबार
एन्फा महिला च्याम्पियनसिप : पुलिसलाई हराँउदै आर्मी फाइनलमा
२०८२ फागुण ६, बुधबार
इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति दिने घोषणा
२०८२ फागुण ६, बुधबार