फागुण ६, २०८२ बुधबार February 18, 2026

‘हेट स्पिच’ र ‘फेक कन्टेन्ट’मा आयोगको ‘एक्सन’, डेढ करोड मतपत्र तयार

एक सातामा ९८ हानिकारक सूचना उत्पादन गरी सामाजिक सञ्जालमा पोष्ट गर्नेलाई कारबाही सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारक्रममा सामाजिक सञ्जालमा गलत तथ्यमा आधारित प्रचार सामग्री पोष्ट गर्नेलाई धमाधम कारबाही प्रक्रिया थालेको छ । हानिकारक सूचनाअन्तर्गत गलत, भ्रामक तथा हानीकारक सूचना र गाली गलौजयुक्त अभिव्यक्ति (हेटस्पिच) नियन्त्रण र नियमन नियामक निकायसँग समन्वय र कारबाही सुरु गरिएको आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार आयोगद्वारा स्थापित सूचना सदाचार प्रवर्धन इकाइमार्फत त्यस्ता सामग्री सामाजिक सञ्जालबाट पत्ता लगाउन युएनडीपीको सहयोगमा ‘इमनिटर प्लस’ प्रणाली प्रयोगमा ल्याइएको छ । अन्तर्राष्ट्रियस्तरको प्रणाली प्रयोगमार्फत एक सातामा ९८ हानिकारक सूचना उत्पादन गरी सामाजिक सञ्जालमा पोष्ट गर्नेलाई कारबाही सुरु गरिएको हो ।

आयोगले प्रेस काउन्सिल, नेपाल प्रहरीको साइबर ब्युरो र आयोग केन्द्रीय आचारसंहिता अनुगमन समितिमा समन्वयबाट काम गरिरहेको जनाएको छ । शुक्रबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता भट्टराईले दिएको जानकारीअनुसार निर्वाचन आचारसंहिता उल्लंघनका उजुरी आउनेक्रम बढेको छ । प्राप्त उजुरीका आधारमा आयोगले तत्कालै ‘एक्सन’ लिएको भट्टराईले बताए ।

यसैबीच, आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको डेढ करोड मतपत्र छपाई सकेको छ । गत २ माघदेखि समानुपातिक प्रणालीतर्फको मतपत्र छपाई सुरु भएकोमा डेढ करोड मतपत्र छपाई सकिएको र ५० लाख छाप्न बाँकी रहेको जनाइएको छ । समानुपातिकतर्फबाट मतपत्र छपाई सकिएपछि पहिलो हुने निर्वाचित हुनेतर्फको छपाई सुरु गरिने प्रवक्ता भट्टराईले बताए ।

जनक शिक्षा सामग्री केन्द्रका ४ वटा मेसिनबाट २४सै घण्टा छपाई भइरहेको आयोगले जनाएको छ । शुक्रबारसम्ममा समानुपातिकतर्फको सकेर १२ देखि प्रत्यक्षतर्फको छपाई तयारी भएकोमा केही ढिलाइ भए पनि फागुन पहिलो साता नै जिल्ला जिल्लामा मतपत्र पु¥याउने तयारी भएको आयोगले जनाएको छ ।

थपिएका मतदातालाई परिचयपत्र

निर्वाचन आयोगले २०७९ को निर्वाचनपछि थपिएका मतदाताका लागि परिचयपत्र पनि छापिरहेको आयोगले जनाएको छ । ९ लाख १५ हजार ११९ नयाँ मतदातालाई मतदान केन्द्रमा परिचयपत्र वितरण गर्नेगरी काम गरिरहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।

आगामी २१ फागुनका लागि तोकिएको निर्वाचनका लागि निर्धारित २३ हजार ११२ मतदान केन्द्रका लागि मतदाता नामावली तयार हुँदै गरेको आयोगले जनाएको छ । ९२ हजार ४ सय ४८ सेट मतदाता नामावली छापेर जिल्ला निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय र सम्बन्धित मतदान केन्द्रमा पठाइने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

४९ उम्मेदवारी फिर्ता

प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता गरिएको उम्मेदवारीमा ४९ जनाले फिर्ता लिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यक्रमअनुसार गत ६ माघमा उम्मेदवारी दर्ता गरेकोमा ४९ जनाले नाम फिर्ता लिएका छन् । फिर्ता लिनेमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलगायत छन् । शुक्रबार साँझ ५ बजेसम्म समय दिएकोमा ४९ जनाले फिर्ता लिएको निर्वाचन आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए ।

गत ६ माघमा देशभर प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन गरिएकामा फिर्ता गर्ने समय शुक्रबार तोकिएको थियो । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ११० समानुपातिक र १६५ सिटमा प्रत्यक्षतर्फको निर्वाचन हुँदै छ । तीमध्ये समानुपातिक बन्दसूची दलले १३ र १४ पुसमा बुझाएका थिए । आयोगका अनुसार अन्तिम नामावलीअन्तर्गत ३ हजार ४ सय ६ जनाको नाम प्रकाशित गरिएको छ । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल
२०८२ फागुण ६, बुधबार
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
२०८२ फागुण ६, बुधबार
‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठसहित)
२०८२ फागुण ६, बुधबार
युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश
२०८२ फागुण ६, बुधबार
एन्फा महिला च्याम्पियनसिप : पुलिसलाई हराँउदै आर्मी फाइनलमा
२०८२ फागुण ६, बुधबार
इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति दिने घोषणा
२०८२ फागुण ६, बुधबार
भोजपुरमा तेह्र पक्की पुल निर्माण
२०८२ फागुण ६, बुधबार