फागुण ६, २०८२ बुधबार February 18, 2026

वीरगन्जमा ‘रेल्वे म्युजियम’ निर्माणको तयारी सुरु, बीपी उद्यान नजिक सरसफाइ अभियान

वीरगन्जमा रेल्वे म्युजियम निर्माणको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगञ्ज । वीरगन्ज महानगरपालिका–९ घण्टाघर छेउको बीपी उद्यान नजिक उत्तरतर्फ रहेको रेल्वेको खाली जग्गामा महानगरपालिकाले ‘रेल्वे म्युजियम’ निर्माणका लागि तयारी थालेको छ ।

गत असार ९ गते महानगरपालिकाको १३ औँ नगर सभामा मेयर राजेशमान सिंहले प्रस्तुत गरेको चालू आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा वीरगन्ज नेपालको पहिलो रेल सेवा (रक्सौल–अमलेखगन्ज रेल सेवा) प्रारम्भ भएको ऐतिहासिक सहर भएको भन्दै रेल्वे सेवा स्थापना भएको १०० वर्ष पुरा भएको अवसरमा पुराना रेल्वे संरचनाहरूलाई संरक्षण र पुनः प्रयोग गर्दै ‘रेल्वे म्युजियम’ निर्माणको कार्य अगाडि बढाइने घोषणा गर्नुभएको थियो ।

त्यही घोषणा अनुरुप विपी उद्यान छेउको जग्गामा अहिले महानगरपालिकाले ‘रेल्वे म्युजियम’ निर्माणका लागि तयारी थालेको हो । त्यसका लागि आज त्यहाँ रहेका रेल्वेका पुराना संरचनाका साथै झाडी, रुखहरू फाँडेर सरसफाइ गरिएको छ । रेल्वे म्युजियम निर्माण हुने स्थानलाई सफा र व्यवस्थित बनाउन सरसफाइ गरिएको हो ।

वीरगन्ज महानगरपालिका, ग्रीन सिटी प्रहरी सामुदायिक केन्द्र, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त सहभागितामा सरसफाइ गरिएको हो ।

सरसफाइ कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रहरी उपरीक्षक सुदीपराज पाठक, ग्रीन सिटी प्रहरी सामुदायिक केन्द्रका अध्यक्ष जयप्रकाश खेतान, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले स्थानीय तह, सुरक्षा निकाय र समुदायको सहकार्यमा रेल सङ्ग्रहालय निर्माणको प्रारम्भिक चरण अघि बढ्दै गएको बताउँदै यसले सहरको पहिचान, पर्यटन प्रवद्र्धन र ऐतिहासिक सम्पदा संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल
२०८२ फागुण ६, बुधबार
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
२०८२ फागुण ६, बुधबार
‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठसहित)
२०८२ फागुण ६, बुधबार
युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश
२०८२ फागुण ६, बुधबार
एन्फा महिला च्याम्पियनसिप : पुलिसलाई हराँउदै आर्मी फाइनलमा
२०८२ फागुण ६, बुधबार
इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति दिने घोषणा
२०८२ फागुण ६, बुधबार
भोजपुरमा तेह्र पक्की पुल निर्माण
२०८२ फागुण ६, बुधबार