फागुण ६, २०८२ बुधबार February 18, 2026

राससलाई सघाउने लहान नगरपालिकाको प्रतिबद्धता

रासस अध्यक्ष झाको पहलमा लहान कार्यालय स्तरोन्नतिका लागि नगरपालिकाको सहयोग प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिरहा । लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले राष्ट्रिय समाचार समिति (रासस) सँग सहकार्य गर्न नगरपालिका तत्पर रहेको बताउँदै देशको एकमात्र आधिकारिक समाचार समितिको उन्नयनका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झासँग आज लहानस्थित रासस कार्यालयमा भएको भेटमा नगरप्रमुख चौधरीले राससको जीर्ण भवनको स्तरोन्नतिका निम्ति बजेट व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

उहाँले समाचार सम्प्रेषणमा राससले निर्वाह गरेको भूमिकाको सराहना गर्दै राससजस्ता राज्यका निकायहरूको संरक्षण र विकासमा नगरपालिकाले हरसम्भव सहयोग गर्दै आएको बताउनुभयो ।

कार्यकारी अध्यक्ष झाले रासस राज्यको साझा सम्पत्ति भएकाले यसको संरक्षण र विकासमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गर्दै नगरपालिकाले रु पाँच लाख बजेट विनियोजन गरी राससको लहान कार्यालयको पर्खाल निर्माणका साथै भवनको स्तरोन्नति गरिदिएकामा नगरप्रमुख चौधरीप्रति कृतज्ञता ज्ञापन गर्नुभयो । साथै उहाँले स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्न रासस तयार छ भन्नुभयो ।राससबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल
२०८२ फागुण ६, बुधबार
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
२०८२ फागुण ६, बुधबार
‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठसहित)
२०८२ फागुण ६, बुधबार
युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश
२०८२ फागुण ६, बुधबार
एन्फा महिला च्याम्पियनसिप : पुलिसलाई हराँउदै आर्मी फाइनलमा
२०८२ फागुण ६, बुधबार
इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति दिने घोषणा
२०८२ फागुण ६, बुधबार
भोजपुरमा तेह्र पक्की पुल निर्माण
२०८२ फागुण ६, बुधबार