फागुण ६, २०८२ बुधबार February 18, 2026

हिमपातले अवरुद्ध बनेका दशरथचन्द र जयपृथ्वी राजमार्ग सञ्चालन

राजमार्गमा जमेको हिउँ यहाँस्थित सडक डिभिजन कार्यालयको जेसिबीले पन्छाएपछि सञ्चालनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बैतडी। हिमपातका कारण गएरातिदेखि अवरुद्ध रहेका सुदूरपहाडका राजमार्ग सञ्चालनमा आएका छन् ।

बैतडीको अनारखोली, खोडपे, श्रीभावर, सतबाँझ, देहिमाडौँ क्षेत्रमा हिमपात हुँदा दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गएरातिदेखि अवरुद्ध रहेका थिए ।

राजमार्गमा जमेको हिउँ यहाँस्थित सडक डिभिजन कार्यालयको जेसिबीले पन्छाएपछि सञ्चालनमा आएका हुन् । राजमार्ग सञ्चालन भएसँगै गएरातिदेखि बीचबाटोमा अलपत्र परेका यात्रु तथा सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार राजमार्ग सञ्चालन भए पनि विद्युत् सेवा भने अझै सञ्चालन हुन सकेको छैन् ।

शुक्रबार बेलुकादेखि बैतडीसहित दार्चुला, बझाङ, डोटी, डडेल्धुराका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएको हो । यो वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । गएको चार महिनादेखि वर्षा नहुँदा यहाँ गहुँलगायत हिउँदे बाली सुक्दै गएका थिए ।

हिमपात र वर्षा भएपछि किसान बाली सप्रिने भन्दै किसान खुसी भएका स्थानीय मानबहादुर टेरले बताउनुभयो । हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ । यसैबीच, चिसोबाट बच्न आवश्यक सर्तकता अपनाउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल
२०८२ फागुण ६, बुधबार
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
२०८२ फागुण ६, बुधबार
‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठसहित)
२०८२ फागुण ६, बुधबार
युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश
२०८२ फागुण ६, बुधबार
एन्फा महिला च्याम्पियनसिप : पुलिसलाई हराँउदै आर्मी फाइनलमा
२०८२ फागुण ६, बुधबार
इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति दिने घोषणा
२०८२ फागुण ६, बुधबार
भोजपुरमा तेह्र पक्की पुल निर्माण
२०८२ फागुण ६, बुधबार