वैशाख १२, २०८१ बुधबार April 24, 2024

कोरोना कहरः यसपालिको दशैं पुरानै नोटले चलाउन पर्ने, राष्ट्र बैंकले नयाँ नोट सटही नगर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोरोना महामारीमा भिडभाड नियन्त्रणका लागि भन्दै केन्द्रीय बैंकले आफ्ना विभिन्न शाखाबाट नयाँ नोट निश्कासन नगर्ने भएको छ ।

यद्यपी यो विषयमा केन्द्रीय बैंकले औपचारिक निर्णय गरिसकेको छैन । बैंक तथा वित्तीय संस्थाबाट सुरक्षित तवरले सटहीको व्यवस्था गर्ने र एटीएममा नयाँ नोट राखिने भएपनि राष्ट्र बैंक मातहतका निकायमा भने सटही नगरिने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।

प्रवक्ता भट्टका अनुसार, बैंकको थापाथाली लगायतका शाखाबाट नयाँ नोट निष्कासन नगरिने तर अन्य बैंक तथा वित्तीय संस्थाका माध्यमबाट सुरक्षित तवरले नयाँ नोट सटहीको व्यवस्था गरिने छ ।

यसअघि दशैंका अवसरमा केन्द्रीय बैंकबाट यसअघी कम्तिमा बार्षिक १५ अर्व रुपैयाँ बराबरको नयाँ नोट सटही हुने गरेको थियो । यो वर्ष भने कोरोना महामारीका कारण नयाँ नोट सटही प्रक्रीया प्रभावित भएको हो । दशैंदेखि छठसम्म बैंक तथा वित्तीय संस्थाको माध्यमबाट ४० देखि ६० अर्ब रुपैयाँसम्म नगद प्रवाह हुने गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
झापामा जिप र मोटरसाइकल ठोकिँदा ३ जनाको मृत्यु
२०८१ वैशाख १२, बुधबार
भेरी अस्पताल न्यूनतम सेवा मापदण्डमा देशकै उत्कृष्ट
२०८१ वैशाख १२, बुधबार
ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
२०८१ वैशाख १२, बुधबार
कर्णालीमा आजै मन्त्रीपरिषद बिस्तार – भोली नै विश्वासको मत लिने तयारी
२०८१ वैशाख १२, बुधबार
देशलाई मेडिकल शिक्षाको ‘हब’का रूपमा विकास गर्न सरकार क्रियाशील छः प्रधानमन्त्री
२०८१ वैशाख १२, बुधबार
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
२०८१ वैशाख १२, बुधबार
कतारी राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै
२०८१ वैशाख १२, बुधबार