श्रावण ३१, २०८३ आइतबार August 16, 2026

काँग्रेस वरिष्ठ नेता श्रेष्ठको अन्त्येष्टि

नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्न पार्टीका शीर्ष नेताहरू आर्यघाट पुगेका थिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

 काँग्रेसका सभापति गगनकुमार थापाले उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रेष्ठका छोराले उनलाई दागबत्ती दिएका थिए । नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्न पार्टीका शीर्ष नेताहरू आर्यघाट पुगेका थिए ।

वरिष्ठ नेता श्रेष्ठको पार्थिव शरीरलाई यसअघि काँग्रेसको पार्टी सानेपा काठमाडौँमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । काँग्रेसको पार्टी कार्यालयमा उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्न विभिन्न दलका शीर्ष नेताहरू गएका थिए ।

वरिष्ठ नेता श्रेष्ठको ७९ वर्षे उमेरमा ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मङ्गलबार भएको निधन भएको थियो । स्व श्रेष्ठ विद्यार्थी जीवनदेखि नै नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका थिए ।

स्व श्रेष्ठले यसअघि लोकतन्त्रको स्थापना, पुन:स्थापना तथा सुदृढीकरणका लागि भएका विभिन्न संघर्ष र आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको काँग्रेसले जनाएको छ ।

 काँग्रेसका विभिन्न पदीय जिम्मेवारीमा रही नेतृत्व प्रदान गर्ने क्रममा उनले पटक–पटक गरी करिब छ वर्ष जेल जीवन बिताएका थिए । स्व श्रेष्ठ यसअघि विसं २०४८, २०५६, २०६४ मा स्याङ्जा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

स्व श्रेष्ठ यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । उनले नेपाल सरकारको उपप्रधानमन्त्रीका साथै भौतिक योजना तथा निर्माण, वन तथा वातावरण र वाणिज्य तथा शिक्षामन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार