श्रावण ४, २०८२ आइतबार July 20, 2025

नेकपा दस्तावेज छपाइ प्रकरणमा पद्धति मिचेको निष्कर्ष

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारूढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टी सचिवालयमा छलफलका क्रममा रहेका दस्तावेज आफूखुसी किताबका रूपमा निकालेर वितरण गरी कार्यकर्तामा विभाजित मानसिकता सिर्जना गर्दै पार्टीलाई फुटको दिशामा अग्रसर गराउन खोजेको आरोप लागेको छ ।

अध्यक्ष प्रचण्डले सचिवालयमा पेस गरेको दस्तावेजमा प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संगिन आरोप लगाइएको छ । यद्यपि ओलीले पनि आगामी १३ मंसिरमा बस्ने सचिवालय बैठकमा सो आरोपको खण्डनसहितको दस्तावेज तयार पार्ने गरी गृहकार्य अघि बढाएका छन् ।

दुवै पक्षले एक अर्कालाई पार्टी विभाजन गराउन खोजेको आरोप लगाउँदै आइरहेका छन् । दुवै अध्यक्षको छुट्टाछुट्टै दस्तावेजबारे सचिवालयमै छलफल गरी निष्कर्ष निकाल्नुपर्नेमा अध्यक्ष प्रचण्डले आफ्नो दस्तावेज कार्यकर्ता तहमा लैजाँदा त्यसले गलत सन्देश दिने र पार्टी एकतामा नै गम्भीर धक्का लाग्न सक्ने ओली पक्षका नेताको दाबी छ । ओली पक्षका नेताले विधि र पद्धतिको चर्को आवाज उठाउनेहरूले नै विधि पद्धति मिचेर अराजकता मच्चाएको आरोप लगाएका छन् ।

अध्यक्ष प्रचण्डले सो दस्तावेजलाई किताबका रूपमा प्रकाशन गरी प्रदेश तथा जिल्ला तहमा पठाएपछि नेकपाभित्रको विवादले नयाँ रूप लिएको छ । अर्का अध्यक्षलाई आरोप नै आरोप लगाएर तयार पारिए पनि पुस्तकको नाम भने ‘पार्टी एकता र पार्टी निर्माणको आधार’ दिइएको छ । सो किताब देशव्यापी रूपमा वितरण गर्नुलाई पार्टीका नेताले पार्टी विभाजनको औपचारिक कदमका रूपमा चित्रण गर्न थालेका छन् ।

सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले अध्यक्ष प्रचण्ड पक्षको यस्तो कदमले पार्टीभित्र गरिएको सहमतिको प्रयासमा गम्भीर धक्का पुगेको बताएका छन् । ‘यसरी आफूखुसी पुस्तक निकालेर वितरण गर्ने कार्य अत्यन्तै गलत र आपत्तिजनक छ,’ पोखरेलले भने ।

ओली पक्ष नेताहरूले अध्यक्ष प्रचण्ड र नेपाल समूहले अनधिकृत रूपमा दस्तावेज छापेर तलसम्म पु¥याउने काम गर्नुले उनीहरू पार्टी फुटाउन उद्यत भएको पुष्टि हुने बताएका छन् । नेकपा संसदीय दलका उपनेता एवं स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले सचिवालयमा छलफलकै क्रममा रहेको दस्तावेज बाहिर बाँड्नु गलत भएको बताए ।

पार्टीको विधि पद्धति भएको उल्लेख गर्दै नेम्वाङले भने, ‘अहिलेसम्मको चलनअनुसार पार्टीले निर्णय गरेर मात्रै दस्तावेजहरू प्रकाशन गर्ने र जुन तहसम्म लैजाने निर्णय भएको हो, त्यसैका आधारमा लैजानु पर्नेमा आफूखुसी प्रक्रिया मिचेर दस्तावेज प्रकाशन गरिएको छ ।’

यो पनि पढ्नुहोस  बाँदरको शिकार गर्ने क्रममा राउटे युवाको मृत्यु

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्डले कार्यकर्तामाझ पठाएको पुस्तक पार्टी एकता र पार्टी निर्माणको आधार नभई पार्टी विभाजन र सर्वनाशको आधार बन्न सक्ने चित्रण गरेका छन् । उनले प्रचण्डको सो अराजनीतिक दस्तावेजलाई अनधिकृत रूपमा कार्यकर्तासम्म पु-याएर पार्टीको विधि र पद्धतिको खिल्ली उडाउने काम गरिएको बताए ।

नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले त्यसरी निर्णय नभएको विषय तल्लो तहसम्म पठाउनु उचित नभएको बताए । प्रचण्डपक्ष नेताहरूले भने दस्तावेजका विषय मिडियामार्फत सार्वजनिक भएकाले किताब निकालेर कार्यकर्तासमक्ष पु¥याउने कार्य सामान्य भएको बताएका छन् ।

पुस्तक छापियो तर केन्द्रीय कार्यालयका दुवै सचिव बेखबर

प्रचण्डले छापेको सो पुस्तकका बारेमा केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजाल भने बेखबर रहेको पाइएको छ । उनीहरूले यस विषयमा आफूहरूलाई केही पनि थाहा नभएको बताएका छन् । ‘पार्टीको आधिकारिक दस्तावेज महासचिवद्वारा सचिव हुँदै तलसम्म पुग्नुपर्ने परिपाटी हो तर अहिले मैले पनि एकतर्फी रूपमा दस्तावेज प्रकाशित गरेर तलसम्म पु¥याइएको छ भन्ने सुनेको छु, यो विधानत गलत हो,’ कार्यालय सचिव रिजालले भने ।

‘लोगोको दुरुपयोग भयो’

पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुखसमेत रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी केन्द्रीय कार्यालय र पार्टीको लोगोको अनधिकृत प्रयोग भएको आरोप लगाए । उनले अध्यक्ष प्रचण्डले स्वेच्छाचारी रूपमा लोगोको दुरुपयोग गरेर सचिवालयमा प्रस्तुत अराजनीतिक दस्तावेज प्रिन्ट गर्दै देशव्यापी रूपमा वितरण गरिनु आपत्तिजनक भएको बताए । ‘पार्टीका केन्द्रीय सामग्रीको प्रकाशनको सन्दर्भमा हाम्रो पनि संलग्नता र सरोकार रहन्छ तर यसमा अहिलेसम्म कुनै जानकारी आएको छैन,’ थापाले राजधानीसँग भने ।

आम रूपमा पार्टी कमिटीमा छलफल भएर निस्किएको निष्कर्षलाई अन्तरपार्टी निर्देशिकामार्फत नेता कार्यकर्ताकहाँ पु¥याउने पार्टीको पद्धति र नियम हुन्छ । तर, नेकपामा शक्तिसंघर्ष उत्कर्षमा पुगिरहेको समयमा यस्ता सबै पद्धति र नियमहरूको ठाडो उल्लंघन भएको भन्दै आमकार्यकर्ताहरू निराश बनेका छन् । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार