काठमाण्डौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूहका प्रभावशाली नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीसँग २९ प्रतिशत पनि केन्द्रीय सदस्यहरु नरहेको जिकिर गरेका छन् ।
शनिबार राजधानीमा रिपोर्टस क्लवमा भएको कार्यक्रममा उनले हाम्रो पक्षमा त २८७ केन्द्रीय सदस्यहरुको हस्ताक्षर छ । अहिले त तीन सय २५ को हाराहारीमा छौं, पार्टीको विधान नमान्ने व्यक्तिले देशको कानून मान्छ होला र ?’ उनले ओलीले पार्टीको विधानसमेत कुल्चिएको आरोप लगाए ।
उनले हिजो प्रधानमन्त्री ओलीले गरेको मन्त्रिमण्डल विस्तार पनि गलत भएको जिकिर गरे । रावलले संसद विघटनविरुद्ध परेको रिटमा अदालतले संविधान र जनमतको कदर गर्ने भन्दै आफूहरुमा न्यायालयप्रति पूर्ण विश्वास रहेको स्पष्ट पारे ।
उनले नेकपाको सात दशक लामो इतिहासमा अहिले जे घटना भैरहेको छ यो अत्यन्तै दुःखद् रहेको सुनाउँदै भने,‘विगतका फूटका श्रृंखलाको अन्त्य गरेर नेपाली जनताको स्वाभिमानलाई उँचो पारेर अघि बढ्छौं भनेर स्वयम ओली र प्रचण्डले प्रतिज्ञा गर्नुभएको थियो । तर, ओली त्यो प्रतिज्ञामा टिक्नुभएन् । हामीले बरु उहाँहरुलाई ध्यानाकार्षण गराएका थियौं । ओली प्रम हुने कुरा लगभग निश्चित् थियो, भारतीय विदेशमन्त्रीलाई आमन्त्रण गरेर गलत काम र कदम चाल्नुभयो । सोल्टीमा विदेशी महिलाले आयोजना गरेको होली वाईन कार्यक्रममा सोल्टी होटलमा चार÷चार दिन बस्नुभयो ।
यो पनि आपत्तिजनक थियो । हामीले विरोध गर्यौं । भारतीय चलचित्रकर्मीलाई डेढ अर्ब खर्च गरेर सम्मान गर्ने निर्णय गर्नुभयो, हामीले विरोध गरेपछि रोकियो । भारतबाट आयात गरिने तरकारी परीक्षण गरेरमात्रै भित्र्याउने भन्यौं, पछि उहाँले राष्ट्रकासामू माफी माग्नुभयो । ओलीजीले आजकाल के भन्नुहुन्छ भने–मलाई काम गर्न दिईएन भन्नु जनताको आँखामा छारो हालेको आरोप लगाएका छन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया