काठमाडौं: प्रदेश एकका मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने भएको छ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोलाई शनिबार हटाएपछि उनको विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।
मुख्यमन्त्री राईविरुद्ध आइतबारमात्रै अविश्वास प्रस्ताव दर्ता भएपश्चात आफुविरुद्धको अविश्वास प्रस्ताव सुनियोजित ढंगले आएको प्रतिक्रिया दिएका छन ।
‘प्रदेश सरकार असक्षम भएर होइन, काम गर्न नसकेर होइन । मुख्यमनत्रीले नाजायज काम गरेपनि होइन । यो प्रस्ताव सुनियोजित बनिबनाउ र खास ठाउँबाट निर्देशित भएर प्रदेशमा अस्थिरता, अराजकता निम्त्याउने र संघीयतालाई संस्थागत गर्न नदिन आएको हो’, मुख्यमन्त्री राइको भनाइ छ ।
उनले त्यसरी आएको अविश्वास प्रस्तावको सामना आरामले गर्ने समेत बताएका छन् । ‘यसको सामना म आरामले गर्छु । किनभने विवेक प्रदेश सभामा विवेक भएका सांसदहरु हुनुहुन्न्छ,’ राईको भनाइ छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया