श्रावण ३, २०८२ शनिबार July 19, 2025

काग्रेंसले सरकार विरुद्ध थाल्यो देशव्यापी आन्दोलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमबार  देशका १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गरको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम प्रतिनिधिसभा विघटन गरेको विरोधमा काँग्रेसले सडकबाट व्यापक प्रदर्शन गर्ने यस अघिको निर्णयलाई कार्यान्वयन गर्न देशभर प्रदशन गरेको हो ।

गत मंगलबारबाट जारी केन्द्रीय समिति बैठकलाई केही दिन स्थगित गरी काँग्रेस सोमवारबाट प्रदर्शनमा निस्किएको छ । सभापति शेरबहादुर देउवा पक्ष संसद पुनस्र्थापनाको मुद्दा उठाउन नहुने पक्षमा देखिन्छ भने संस्थापनइतरका नेताहरु असैंवधानिक रुपमा संसद विघटन गरिएकाले पुनस्र्थापनाको मुद्दा जबरजस्त उठाउने पक्षमा देखिन्छन् ।

प्रधानमन्त्री ओलीले संसद विघटनसँगै आगामी बैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरिएको सन्देश लिएर काँग्रेस १६५ वटा निर्वाचन क्षेत्रका मतदात माझ पुगेर संसद पुनस्र्थापना नहुँदा पनि यो प्रदर्शन काँग्रेसका लागि पहिलो चुनावी अभियान पनि बन्ने छ ।

अवको चुनावमा लक्षित गर्दै  काँग्रेसले निर्वाचन क्षेत्रव्यापी संसद विघटनको विरोध र चुनावी अभियानका रुपमा उपयोग गर्ने देखिन्छ । त्यसैले पनि अधिकाश नेताहरु आफ्नो निर्वाचन क्षेत्रको विरोधसभा केन्द्रित भएको पाइएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल,  महामन्त्री शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय केन्द्रीय सदस्य गगन थापा लगाएतले आ- आफ्नो क्षेत्रमा गएर प्रदर्शनको समर्थन गर्दै सम्वोधन गरेका छन । यस्तै काठमाडौँ क्षेत्र नम्बर १ को कार्यक्रमलाई पूर्वमहामन्त्री प्रकाशमान सिंहले सम्बोधन गर्नेछन् भने केन्द्रीय सदस्य मिनेन्द्र रिजालले मोरङको कायक्रमलाई सम्बोधन गर्ने भनिएको छ ।

सभापति शेर वहादुर देउवाले भने भक्त्तपुरको कार्यक्रमलाई सम्वोधन गरेका छन । सभापतिबाहेक शीर्ष नेताहरुले आ-आफ्नो निर्वाचन क्षेत्रमा संवोधन  कार्यक्रम गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया